प्रहरी प्राविधिक तर्फको बढुवामा भद्रगोल

Written by meropradesh creator

९ माघ २०७७, शुक्रबार

रामेछाप । नेपाल प्रहरीमा कार्यरत प्राविधिक (संचार) तर्फका कर्मचारीहरुको बढुवामा भद्रगोल देखिएको छ । नेपाल प्रहरीमा २९ महिना देखी बढुवा रोकिएपछि नेपाल प्रहरीमा कार्यरत कर्मचारीहरु निरास बनेका छन् ।
नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दारवाट प्रहरी सहायक निरिक्षक र प्रहरी नायव निरिक्षकवाट प्रहरी निरिक्षक पदमा बढुवा रोकि अन्य प्राविधिक तथा प्रशासन तर्फ बढुवा निकालिरहेको प्रहरी सेवामा कार्यरत कर्मचारीहरुले जानकारी दिएका छन् । प्राविधिक तर्फको दरवन्दी प्रयाप्त मात्रामा रिक्त रहदा पनि प्रहरी प्रशासनले चासो नदेखाएका कारण उनीहरुको बृत्तिविकासमा समस्या भएको हो ।
दरवन्दी रिक्त रहदा पनि अन्य पदमा बढुवाको सिफारिस गर्दै आएको नेपाल प्रहरीले प्राविधिक तर्फको पदमा बढुवा नगरेपछि नेपाल प्रहरीमा कार्यरत कर्मचारीहरुमा नैराश्यता उत्पन्न भएको हो । दरवन्दी प्रयाप्त मात्रामा खालि छ, तर अन्य पदमा बढुवा गर्दै आएको प्रहरी प्रशासनले प्राविधिक तर्फको बढुवामा ध्यान नदिदा आफुहरुमा वितृष्णा जागेको एक प्रहरीले आफ्नो नाम नछाप्ने शर्तमा बताए ।
दरवन्दी रिक्त रहँदा समेत प्राविधिक तर्फका कर्मचारीको बढुवा रोकिएको बिषयमा प्रहरी प्रधान कार्यालय नक्सालका कर्मचारी प्रशासन शाखाका एसपी जनार्जन जिसीले प्राविधिक प्रहरीको बढुवामा केही वाधा अड्चन भएकाले बढुवा प्रक्रिया रोकिएको थियो । अहिले उक्त समस्याको समाधान हल भइसकेको हुँदा चाडै बढुवा प्रक्रिया शुरुवात हुने जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...