प्रहरी निरीक्षक थापालाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’

Written by meropradesh creator

३० माघ २०७७, शुक्रबार

काठमाण्डौं । नेपाल प्रहरीको प्रशिक्षण क्षेत्रमा लामो समय योगदान पुर्याएको भन्दै प्रहरी निरीक्षक कोमल बहादुर थापालाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ तथा नगद पुरस्कार प्रदान गरेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६५औं वार्षिकोत्सवको अवसरमा प्रहरी निरीक्षक कोमल बहादुर थापालाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ तथा नगद पुरस्कार प्रदान गरिएको हो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा व्यवसायिक जीवन र करार सेवामा गरी ४५ वर्ष नेपाल प्रहरीको प्रशिक्षण क्षेत्रमा थापाले योगदान पु¥याइ सकेको छ । ६५औं वार्षिकोत्सवको अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा बिहीबार आयोजित कार्यक्रममा सर्वोत्कृष्ट प्रहरीहरुलाई सम्मान समेत गरेका छन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी निरीक्षक आधारभूत तालिम १८० औं समूह (पोष्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स ११औं समूह) का सर्वोत्कृष्ट प्रहरी निरीक्षक प्रवेश कार्की, सर्वद्वितीय तथा अध्ययन प्रथम प्रहरी निरीक्षक एल्जिना राई र सर्वतृतीय प्रहरी निरीक्षक रविन्द्र चन्दलाई पुरस्कार प्रदान गरेको छ । यसैगरी प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी सेवामा रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संगठन र देशको प्रतिनिधित्व गरी कराँते खेलमा महत्वपूर्ण योगदान पु¥याई २०७७ माघ २८ गते प्रहरी हवल्दारबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका मन्देकाजी श्रेष्ठलाई दर्ज्यानी चिन्हबाट सम्मान गरेको छ । सोही अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा’ को लोकार्पण समेत गरिएको जनाएको छ ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रतिष्ठानले कोरा नागरिकलाई युनिफर्म लगाउने राष्ट्रसेवकको रुपमा स्थापित गराउँदै आएको उल्लेख गर्दै यदाकदा प्रहरीबाट हुने अक्षम्य गलत काम कारवाहीको निम्ति उसलाई प्रशिक्षण प्रदान गर्ने निकाय पनि कुनै न कुनै सन्दर्भमा जिम्मेवार रहने तथ्यलाई स्वीकार गर्न सकेमा प्रतिष्ठानको श्रीवृद्धि र समय अनुरुप रुपान्तरण हुन सक्ने बताए ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रतिष्ठानले एक सामान्य नागरिक प्रहरीमा रुपान्तरण हुने प्रक्रियामा ज्ञान, सिप, कौशल सिकाउनुको साथै त्यस व्यक्तिभित्रको मनोवृत्तिलाई दूरगामी रुपमा सेवामा रहँदासम्म अटल रहने गरी सकारात्मक रुपमा परिवर्तन गराउन सकेमा प्रहरी कर्मचारीबाट हुने गलत व्यवहार निमिट्यान्न भएर जाने विश्वास व्यक्त गरेका छन् । प्रहरी कर्मचारीहरुमा प्रशिक्षणको क्रममा सिकाइएको ज्ञान ३० वर्षसम्म अक्षुण राख्न सक्ने गरी प्रदान गर्न सकियो भने त्यो उच्चतम प्रशिक्षण हुने चर्चा गर्दै त्यसतर्फ प्रतिष्ठान क्रियाशील हुनुपर्ने बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बेरुजुको चाङ ७ खर्ब ५५ अर्ब नाघ्यो, महालेखाको ६३औँ प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

बेरुजुको चाङ ७ खर्ब ५५ अर्ब नाघ्यो, महालेखाको ६३औँ प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौँ, जेठ १ गते । मुलुकमा सरकारी बेरुजुको ग्राफ निरन्तर उकालो लाग्दै गएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को ६३औँ वार्षिक प्रतिवेदनअनुसार यस वर्ष मात्रै थप ८८ अर्ब रुपैयाँभन्दा बढी बेरुजु थपिएको छ । शुक्रवार राष्ट्रपति भवन शीतल...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...