प्रहरी हस्तक्षेपका कारण खोप पुगेन–स्वास्थ्य शाखा

Written by meropradesh creator

२९ जेष्ठ २०७८, शनिबार

रामेछाप । सरकारले ६२ वर्षदेखी ६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकहरुलाई लगाउन ल्याएको भेरोसेल खोप प्रहरी हस्तक्षेपका कारण जेष्ठ नागरिकलाई लगाउन नपाएको स्वास्थ्य शाखा मन्थलीले जनाएको छ ।
जिल्ला सदरमुकाम मन्थलीमा रहेको मन्थली नगरपालिका भित्रका ६२ देखी ६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकहरुलाई खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालय रामेछापले पठाएको खोप प्रहरीले हस्तक्षेप गरेका कारण जेष्ठ नागरिक र जिल्लाका सञ्चारकर्मीलाई लगाउन नपाएको मन्थली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशवराज फुयालले जानकारी दिए ।
उनले भने– जिल्ला स्वास्थ्य कार्यालयवाट पठाइएको खोप जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी र संञ्चारकर्मीको लागि आएको थियो । खोप लगाउन प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेका नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयमा कार्यरत सुरक्षाकर्मीहरुले बढी हस्तक्षेप गरेका कारण अरुलाई लगाउन नपाएको भन्ने सूचना स्वास्थ्यकर्मीले दिएकाे फुयालले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयले मन्थली नगरपालिकाका जेष्ठ नागरिक, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुका लागि पहिलो जेठ २६ गते ३ सय भायल र दोश्रोपटक जेठ २७ गते ४ सय ५० भायल खोप पठाएको थियो । जसमध्ये दोश्रोपटकको खोपमा १ सय १५ जना सुरक्षाकर्मीले जर्वजस्त खोप केन्द्रमा पुगेर खोप लगाएपछि जिल्लाका संञ्चारकर्मी र जेष्ठ नागरिकहरुले खोप लगाउन वञ्चित भएका हुन् ।


खोप केन्द्रमा पुगेका प्रहरीले खोप हस्तक्षेप गरेको बिषयमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक नबराज ढुंगानासँग सम्र्पक गर्दा उनले जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले अग्रभागमा खटिने सुरक्षाकर्मीलाई खोप लगाउन दिने निर्णय गरेकाले सुरक्षाकर्मीले खोप लगाएको बताए ।
उनले भने– मन्थली नगरपालिकाले सुरक्षाकर्मीलाई खोप लगाउन पठाइदिनु भन्ने सूचना गरेकाले मैले प्रहरीलाई खोप लगाउन केन्द्रमा पठाएको हुँ । अझै जिल्ला प्रहरी कार्यालय माताहतका धेरै सुरक्षाकर्मीले खोप लगाउन वाँकी रहेका छन् । खोप लगाउन आएका खाँडादेवी गाउँपालिकाको वडा नं ३ भिरपानीवाट आएका सुरक्षाकर्मीलाई खोप नपुगेपछि त्यतिकै फर्काएको उपरीक्षक ढुंगानाले बताए ।
मन्थली स्वास्थ्य शाखाले मन्थली नगरपालिकाका १४ वटा वडाका लागि २ हजार ३ सय ६२ जना जेष्ठ नागरिकहरुको लागि खोप माग गरेको थियो । मन्थली नगरपालिकाले माग गरेको खोप विश्वासको आधारमा जिल्ला स्वास्थ्य कार्यालयले दिदा समस्या आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए । उनले भने– लक्षित वर्गलाई पठाएको खोप अन्य व्यक्तिले वढी लगाएको कारण खोपमा समस्या भएको हो ।


मन्थली नगरपालिकाले पालिका भित्रका २ हजार ३ सय ६२ जना जेष्ठ नागरिकहरुको लागि खोप माग गरेको थियो । जसमध्ये मन्थली नगरपालिका स्वास्थ्य शाखाको तथ्याङ्कं अनुसार ६२ देखी ६४ वर्ष उमेर समुहका हाल १ हजार ६ सय १२ जना जेष्ठ नागरिकहरुले खोप लगाउन वञ्चित भएको देखिन्छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...