रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं–७ भुजीमा रहेको प्रहरी चौकी नै असुरक्षित रहेको छ । दिनरात नागरिकहरुको सेवामा जुट्ने नेपाल प्रहरी नै असुरक्षित तवरले बस्दै आएका छन् । जिल्लाको दुर्गम गाउँ भुजीमा रहेको प्रहरी चौकी भौतिक पूर्वाधार नहुँदा जस्ताको टहरा मुनी कार्यालय संञ्चालन गर्दै आएको लामो सयमभ इसक्दा चौकीको नयाँ भवन निमार्ण हुन सकेको छैन् । उच्च लेकाली भुभागमा पर्ने भुजीमा अत्याधिक चिसोका कारण त्यसक्षेत्रका जनजीवन हिउँदको समयमा प्रभावित हुँदै आएको छ ।
जस्ताको घेराबार र जस्ताकै छानामुनी बसेर सेवा दिदै आएका प्रहरी जाँडोको समयमा रातभरी निदाउँन सक्दैनन् । जस्ताबाट चुहिने शित र घेरावारवाट छिर्ने चिसोका कारण रातभरी जाग्राम बस्नुपर्ने वाध्यता रहेको प्रहरी चौकी भुजीका एक प्रहरीले आफ्नो नाम नछाप्ने शर्तमा बताए । उनले भने– अत्यन्तै चिसो ठाउँ छ । दिनभरी हाबा चल्छ, रातभरी जस्ताको छानोबाट शित चुहिएर सुत्नै सकिदैन् ।
जस्तै जस्ताको टहराले निमार्ण गरिएको प्रहरी चौकी भुजीमा कार्यरत प्रहरी र उनीहरुले प्रयोग गर्ने हातहतियार जोगाउन नै मुस्किल पर्दै आएको छ । भुजी वडा कार्यालयसँगै बस्दै आएको प्रहरी चौकीको अवस्था हेर्दा आफुलाई लाजमर्नु भएको उमाकुण्ड गाउँपालिका वडा नं–८ का वडा अध्यक्ष रुद्रमणी नेवारले जानकारी दिए । उनले भने– हामीले प्रहरी चौकीको लागि जग्गाको व्यवस्थापन गरेका छौं । सो जग्गामा चाडै नै भवन बनाउन पाए प्रहरीलाई ठूलो राहात हुने थियो ।