प्रेस युनियन रामेछाप द्वारा पत्रकार संकट व्यवस्थापन कोषमा सहयोग

Written by meropradesh creator

१३ जेष्ठ २०७८, बिहीबार

नेपाल प्रेस युनियन रामेछापल आफ्नो ३० औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ ।
युनियनले रामेछाप प्रेस युनियनमा आवद्ध सदस्यहरूबाट स्वतःस्फुर्त रुपमा संकलन गरेको ६५ हजार १ सय ७० रुपैया महासंघको कोषमा जम्मा हुने गरि संस्थागत रुपमा नै हस्तान्तरण गरिएको नेपाल प्रेस युनियनका रामेछापका अध्यक्ष अप्रिल अधिकारीले बताए । रकम हस्तान्तरण गर्दै अध्यक्ष अधिकारीले छोटो समयको सुचनामा केही रकम आएको भएता पनि पछि अन्य साथीहरुबाट पनि आएको रकम पुन महासंघलाई उपलब्ध गराउने समेत बताए ।
महासंघका अध्यक्ष बद्री नयाँघरे र कोषाध्यक्ष युवराज श्रेष्ठलाई युनियनका अध्यक्ष अप्रिल अधिकारी र कोषाध्यक्ष कुमार श्रेष्ठले एक अनौपचारिक भेटघाटमा उक्त रकम हस्तान्तरण गरेका हुन । रकम हस्तान्तरण कार्यक्रमा नेपाल प्रेस युनियन बागमति विशेष समितिका सचिव हिमाल ढुङ्गेल, नेपाल पत्रकार महासंघ बागमति प्रदेश सदस्य ज्ञानु श्रेष्ठ, नेपाल प्रेस युनियन केन्द्रिय पार्षद सन्तोष ढूङ्गेल लगायतको सहभागिता रहेको थियो ।
उक्त रकम बुझ्दै महासंघका अध्यक्ष नयाँघरेले पत्रकार संकट कोषमा साथीहरुबाट संकलन गरेर संस्थागत सहयोग गर्ने प्रेस युनियन रामेछापका सबै सदस्यहरूलाई धन्यबाद दिँदै यस कोषमा पत्रकारहरु स्वयं, स्थानीय सरकार, समाजिक अभियान्ता, निर्माण व्यवसायी, उद्योगी व्यवसायी, राष्ट्रसेवक कर्मचारी र ईच्छुक समाजका लव्धप्रतिष्ठित व्यक्तीहरुले सहयोग गरिरहेको र आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आफ्नो एक वर्षे कार्यकाल शान्ति सुरक्षा कायम गर्न, नागरिक सन्तुष्टि दिलाउन र विपद् व्यवस्थापनमा पूर्ण रूपमा सफल रहेको दाबी गर्नुभएको छ। सप्तरी सरुवा भई जान लाग्नुभएका प्रजिअ थापाले सञ्चारकर्मीहरूसँगको बिदाइ भेटघाटमा...

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामेछाप नगरपालिकाको रामपुर स्वास्थ्य चौकीले किशोरकिशोरीहरूको स्वास्थ्य र मनोविज्ञानलाई प्राथमिकता दिँदै विशेष सेवा सुरु गरेको छ। आवश्यक सम्पूर्ण मापदण्ड र गुणस्तर पूरा गरेपछि रामपुर स्वास्थ्य चौकीलाई औपचारिक रूपमा 'किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था' घोषणा गरिएको हो।...

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाहीमा परेका छन्। सामाजिक सञ्जालमा उनले एक हातले मोबाइल समातेर भिडिओ खिच्दै बाइक चलाएको दृश्य सार्वजनिक भएपछि तीव्र जनगुनासो बढेको थियो। यसरी...