प्रेस स्वतन्त्रता र साना सञ्चारमाध्यम प्रवर्द्धनमा जोड दिँदै ‘जिरी घोषणा पत्र’ सार्वजनिक

जिरी । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले प्रेस स्वतन्त्रताको संरक्षण, सरकारी विज्ञापन प्रणालीमा पारदर्शिता तथा साना सञ्चारमाध्यमको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै ‘जिरी घोषणा पत्र’ सार्वजनिक गरेको छ।

जिरीमा चैत २७ र २८ गते सम्पन्न बैठकपछि प्रदेश समिति, जिल्लास्तरीय अध्यक्षहरू तथा विभिन्न पत्रकार सङ्गठनका प्रतिनिधिहरूको सहभागितामा ११ बुँदे घोषणा पत्र जारी गरिएको हो। महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरका अनुसार बैठकले पत्रकारितासम्बन्धी समसामयिक मुद्दाहरूमा साझा धारणा सार्वजनिक गरेको हो।

घोषणा पत्रमार्फत सरकारी विज्ञापन प्रकाशन तथा प्रसारणमा देखिएका अनियमितता र विकृतिहरूमाथि निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिएको छ। साथै श्रमजीवी पत्रकारहरूले सञ्चालन गरेका साना तथा स्वरोजगारमुखी सञ्चारमाध्यमको संरक्षणका लागि समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ।

त्यस्तै, स्थानीय तहबाट प्रवाह हुने सूचना तथा जनचेतनामूलक सामग्रीहरू स्थानीय सञ्चारमाध्यममार्फत नै प्रकाशन–प्रसारण हुने व्यवस्था गर्न संघीय, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराइएको छ। संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै पनि कदम नचाल्न आग्रह गर्दै पत्रकारहरूको पेशागत सुरक्षा र स्वतन्त्रताको सुनिश्चितता अपरिहार्य रहेको उल्लेख गरिएको छ।

प्रदेश सरकारअन्तर्गत सञ्चारमाध्यम दर्तासम्बन्धी देखिएको अन्योलता अन्त्य गर्न संघीय र प्रदेश सरकारबीच समन्वय आवश्यक रहेको औंल्याउँदै बागमती प्रदेशमा सञ्चार रजिस्ट्रार कार्यालयलाई निरन्तरता दिन पनि आग्रह गरिएको छ।

घोषणा पत्रमा महासंघले श्रमजीवी पत्रकारहरूको अभिभावक संस्थाको रूपमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको पछिल्ला घटनाक्रमले संकेत गरेको टिप्पणी गर्दै संगठनको गरिमा उकास्न केन्द्रीय समितिको ध्यानाकर्षण गराइएको छ।

बैठकले जलवायु परिवर्तनलाई पत्रकारिताको प्राथमिक एजेन्डा बनाउनुपर्ने निष्कर्ष निकाल्दै महिला, दलित, गरिब तथा सीमान्तकृत समुदायहरूका मुद्दालाई समाचारको केन्द्रमा राख्ने प्रतिबद्धता जनाएको छ। साथै आदिवासी तथा स्थानीय समुदायको ‘रैथाने ज्ञान’लाई अभिलेखीकरण गरी नीति निर्माण तहसम्म पुर्‍याउन पत्रकार समुदायले सक्रिय भूमिका खेल्ने उल्लेख गरिएको छ।

घोषणा पत्रले जिरी तथा आसपासका प्राकृतिक सम्पदामा जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक पहल गर्न पनि आग्रह गरेको छ।

कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्‍याउने बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालय, महासंघ दोलखा शाखा तथा स्थानीय पर्यटन व्यवसायीप्रति आभार व्यक्त गरिएको छ।

बैठकको अन्त्यमा जोखिमपूर्ण रिपोर्टिङका क्रममा व्यक्तिगत सुरक्षामा ध्यान दिँदै बदलिँदो समयअनुसार व्यावसायिक, जिम्मेवार र स्वतन्त्र पत्रकारिता अभ्यास गर्न सम्पूर्ण सञ्चारकर्मीलाई अपिल गरिएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...