प्रेस चौतारी रामेछापको अन्तरक्रियासँगै तिज कार्यक्रम सम्पन्न

७ भाद्र २०८२, शनिबार


मेरो प्रदेश डेक्स
मन्थली, भाद्र ७
रामेछापको सदरमुकाम मन्थलीमा शनिबार महिला आन्दोलन तथा तिज विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुभकामना आदानप्रदानसँगै महिला आन्दोलनबारे सचेतना प्रवाह गर्न प्रेस चौतारी नेपाल, जिल्ला कमिटि रामेछापले आयोजना गरेको सो कार्यक्रम सम्पन्न भएको हो ।
कमिटिका अध्यक्ष लेख बहादुर बिकको अध्यक्षतामा भएको सो कार्यक्रम नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो । सो अवसरमा उहाँले नेकपा एमाले सधै महिलाको मुक्ति र समनताको पक्षमा रहेको उल्लेख गर्दै सबै पार्टीले राजनीतिमा पनि महिलालाई समान अधिकार दिइनु पर्ने बताउनु भयो । उहाँले महिला पुरुष समान भन्ने कुरालाई मध्यनजर गरी तिजमा पनि पुरुषहरुले नाच्ने, दर खाने कार्यक्रममा सहभागी हुने गरेको बताउँदै अब पुरुषहरुलाई व्रत पनि बस्न सुझाव दिनु भयो ।
कार्यक्रममा मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले मनोरञ्जनका नाममा तीजलाई भड्किलो बनाउन नहुने बताउनु भयो । उहाँले तीजको मर्म बिनाका व्यवसायिक र उत्ताउला गीतहरु मात्रै आइरहेका प्रति चिन्ता व्यक्त गर्दै कलाकारहरुले यसमा ध्यान दिनुपर्ने उल्लेख गर्नु भयो । तिज केबल मनोरञ्जनको पाटो नभई आन्दोलनको स्वरुप पनि रहेकाले महिलाले आफ्ना हकअधिकार सुनिश्चिताका लागि आन्दोलनलाई सशक्त बनाइनु पर्ने बताउनु भयो ।


कार्यक्रममा एमाले रामेछापका सचिव प्रकाश कुमार कार्की, उपसचिव मिलन कुमार घिसिङ, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य नवराज पथिक, एमाले रामेछापका प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठ, प्रेस चौतारी रामेछापका इन्चार्ज मदन खड्का लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा अन्तरक्रिया कार्यक्रम पश्चात् मन्थली नगरपालिकाकी उपप्रमुख बस्नेतले तिज गीतप्रस्तुत गरेसँगै सांस्कृतिक कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रममा नाचगान, शुभकामना आदानप्रदानसँगै दर खुवाइएको प्रेस चौतारी रामेछापले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...