काठमाडौँ । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुम पश्चिममा अस्थायी आवास निर्माणका लागी नेपाली कांग्रेसले केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वको टोली पठाएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा एक हजार वटा अस्थायी आवास बनाउने अभियान अनुसार आज पौडेल नेतृत्वको टोली जाजरकोट प्रस्थान गरेको हो ।
सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले पनि अस्थायी आवास बनाउन स्वयमसेवक खटाउने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर लागेको हो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...