सत्तारुढदल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको सिफारिसको कदम प्रतिगामी भएको बताउनु भएको छ । उहाँले उक्त कदम गैर संवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र परिवर्तन विरोधी रहेको बताउनु भएको छ ।
प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीको उक्त कदमविरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पूर्ण शक्तिहरु एक भएर लाग्नुपर्ने भन्दै सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो प्रतिकृया दिनुभएको छ । ट्विटरमार्फत उहाँले भन्नु भएको छ ‘आज प्रधानमन्त्री श्री केपी शर्मा ओलीले संघीय प्रतिनिधिसभा विघटन गर्न गर्नु भएको सिफारिस गैरसंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो । यो लागु हुन सक्दैन । यसको विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पूर्ण शक्तिहरु एक हुनु पर्दछ ।
मन्त्रिपरिषदले आइतबार बिहानै संसद विघटन गर्ने सिफारिस गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णय लिएर राष्ट्रपति समक्ष सिफारिस गर्न शीतल निवास पुग्नु भएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...