प्रधानमन्त्री वामदेव गौतमलाई बनाउन ओलीको प्रस्ताव

Written by meropradesh creator

१ पुष २०७७, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन स्थायी कमिटी बैठकमा प्रस्ताव राख्नु भएको छ ।
बुधबार अपरान्ह बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकलाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले भावी प्रधानमन्त्रीका रुपमा उपाध्यक्ष गौतमलाई प्रस्ताव गर्नु भएको हो ।
उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार ओलीले आफ्नो सम्बोधनलाई बिट मार्ने क्रममा उक्त प्रस्ताव गर्नु भएको हो। ’अबको प्रधानमन्त्री कमरेड वामदेव हुन्। त्यसका लागि के के कानुनी व्यवस्था गर्नुपर्छ तयार रहनुहोला’, ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ’यसबारेमा आगामी बैठकमा छलफल गरेर निर्णयमा पुग्नुपर्छ। वामदेवजीलाई प्रधानमन्त्री बनाउन आवश्यक कानुनी तथा संवैधानिक व्यवस्थाबारे आगामी बैठकबाट टुङ्ग्याउने गरी अघि बढौँला।’
अघिल्लो आमनिर्वाचनमा गौतम बर्दियामा पराजित भएका थिए। पार्टीमा अल्पमतमा रहेको अवस्थामा ओलीले गौतमलाई फेरि प्रधानमन्त्री बनाउने राजनीतिक कार्ड फ्याँकेका छन् ।
यसअघिको संकटमा गौतमले ६ बुँदे वक्तव्य निकाल्दै आफूलाई ओलीको पक्षमा उभ्याएका थिए। तर पछिल्लो समय उनी ओली विरोधी कित्तामा उभिएका छन्। यस्तो अवस्थामा ओलीले आफ्नो पक्षमा बहुमत पार्ने रणनीति अनुसार यो कार्ड फ्याँकेको हुन सक्ने निचोड दाहाल(नेपाल समूहले निकालेका छन्।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...