प्रधानमन्त्री प्रचण्ड कि देउवा

Written by meropradesh creator

१२ फाल्गुन २०७७, बुधबार

काठमाडौं । नेपालमा अबको प्रधानमन्त्री नेकपाका नेता प्रचण्ड की देउबा भन्नेमा बहस शुरु भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएसँगै अब नेपालमा नयाँ सरकारका लागी प्रधानमन्त्रीको पनी चर्चा शुरु भएको छ । नयाँ सरकार निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सहज निकास दिन्छ कि दिँदैन भनेर पनि बहस शुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली सामु नैतिक प्रश्न त खडा भएको छ । आफ्नो कदम अदालतले असंवैधानिक ठहर गर्दै बदर गरिदिएपछि ओलीले तत्काल राजीनामाको बाटो प्रयोग गर्नुपर्ने हो । तर ओलीले संसद फेस गर्ने र अविश्वासको प्रस्ताव सामना भनि सकेको छ । ओलीनिकट नेता सुवास नेम्वाङले फैसलाको पूर्णपाठ हेरेर मात्रै यसबारे बताउने जानकारी दिए ।
अब प्रधानमन्त्रीले निकास दिए पनि नदिए पनि नेकपाको विभाजित समूह प्रचण्ड–माधवकुमार नेपालले पनि सरकार गठनका लागि राजनीतिक कोर्स अघि बढाइसकेका छन् ।
प्रचण्ड–नेपाल समूहका एक नेताले अब बन्ने सरकार सर्वपक्षीय हुने जानकारी दिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई समेत विश्वासमा लिएर अबको सरकार गठन गर्ने उनको भनाइ रहेको छ । त्यसका लागि प्रचण्ड माधब समुहले अहिले संसद सचिवालयमा पेस गरिएको अविश्वासको प्रस्ताव फिर्ता लिने पनि तयारी गरेका छन् ।
नेकपाका एक प्रभाब शाली नेताका अनुसार अहिले पेस गरिएको अविश्वासको प्रस्ताव फिर्ता लिएपछि प्रचण्ड–नेपाल समूहले कांग्रेस समेतलाई विश्वासमा लिएर प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस गर्नेछ । नेकपा विभाजित भएपछि प्रचण्ड–नेपाल समूहसँग ९२ सांसद छन् ।
अविश्वासको प्रस्ताव पेस गर्दा उनीहरूसँग ९२ जनाको हस्ताक्षर थियो । त्यसमा केही मन्त्रीको हस्ताक्षर बाँकी थियो । त्यसमध्ये केही ओलीतिर लागेका छन् । केही फर्किएका पनि छन् । संसद् पुनःस्थापना भएपछि ओलीतिरबाट १५ जनाभन्दा बढी सांसद फर्कने माधब प्रचण्ड समुहको विश्वास छ । त्यसो गर्दा प्रतिनिधिसभामा रहेका १७४ मध्ये १०० भन्दा बढी सांसद प्रचण्ड–माधव नेपाल पक्षसँग हुनेछन् । सरकार बनाउन ३८ मत आवश्यक हुन्छ । ओली पक्षबाट अरू दुई–चार जना सांसद तानेर र साना दललाई विश्वासमा लिएर सरकार गठन गर्ने बाटो त छ । तर, ओलीतिरबाट अहिले नै सांसदहरू फर्किइहाल्ने विश्वासमा प्रचण्ड–नेपाल छैनन् । तसर्थ पहिलो विकल्प कांग्रेस लाई विश्वासमा लिएर ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने र कांग्रेसको समर्थनमा सरकार गठन गर्ने विषयमा छलफल चलाउने प्रचण्ड–नेपाल पक्षको योजना छ ।
त्यस्तै गरी ओली पक्षले पनि आफ्नो तयारी थालिसकेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार जुनसुकै मूल्य चुकाएर भए पनि सरकारको नेतृत्व प्रचण्ड–माधवकुमार नेपाललाई गर्नै नदिने योजनामा ओली रहेको छ । राष्ट्रिय युवा संगठनले मंगलबार आयोजना गरेको शपथ कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाल कुनै हालतमा प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि प्रधानमन्त्रीले अहिले तत्काल राजीनामा नदिने बताएका छन् ।
पार्टी विभाजनपछि पनि ओली नेतृत्वको पार्टी दोस्रो ठूलो दल बन्ने सम्भावना रहेकाले सरकार बनाउन उसको भूमिका निर्णायक हुन्छ । ८० सांसद नघट्ने दाबी गर्दै देउवा र ओली मिलेर सरकार गठन गर्न मत पुग्ने वलीकोे विश्वास देखिन्छ । तर नेपाली काग्रेसले सरकार सञ्चालको विषयमा यती बेला सम्म केही पनी बोलेको छैन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...