प्रधानमन्त्री ओली फेरी संसद् भंग गर्ने तयारीमा

Written by meropradesh creator

४ चैत्र २०७७, बुधबार

काठमाण्डांै । प्रधानमन्त्री केपी ओली फेरीपनी संसद् भंग गर्ने तयारीमा रहेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वपक्षीय बैठकमा प्रधानमन्त्री ओलीले संसद् चल्न नसकेको र सरकारले काम गर्न नसकेका कारण संसद् भंग गरेर मध्यवधि निर्वाचनमा जानुपर्ने तर्क गरेका हुन् । प्रधानमन्त्री वलीले राष्ट्रपतिलाई साक्षी राखेर सर्वपक्षीय बैठकमानै भने– संसद् भंग गरौं, सरकारले काम गर्न सकेन ।
प्रधानमन्त्री ओलीको भनाइमा नेमकिपाका नेता प्रेम सुवालले मात्रै समर्थन गरे । अन्य दलका नेताहरूले प्रधानमन्त्री ओलीको भनाइको प्रतिवाद गरेका थिए । ओलीको भनाइको प्रतिवाद गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपतिले बोलाएको सर्वपक्षीय बैठकमा राजनीतिक विषय प्रवेश गर्न नहुने तर्क गरेका थिए ।
प्रचण्डले अहिलेको फोरम राजनीतिक विषयमा प्रवेश गर्ने थलो नभएको भन्दै प्रधानमन्त्रीलाई संसद् भंग गर्ने विषयमै छलफल गर्नुपर्ने भए अन्य थलोमा छलफल हुन सक्ने बताएका छन् ।
संसदलाई बाइपास गरेर जान नसकिने र संसदलाई विजनेश नदिने सरकारले संसद् चल्न सकेन भन्नु गलत भएको भन्दै प्रचण्डले अदालतले असंवैधानिक बाटो भनिसकेपछि फेरि त्यही बाटोमा जान नहुने तर्क गरेको बैठकमा सहभागी माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले जानकारी दिए ।
प्रचण्डले ओलीलाई जवाफ दिएका थिए. ‘यो राजनीतिक विषयमा प्रवेश गर्ने फोरम होइन । अहिले संविधानको रक्षा गर्नुको विकल्प छैन र सदनलाई बाइपास गरेर असंवैधानिक बाटोमा जाने परिकल्पना गर्न सकिँदैन ।’

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...