काठमाण्डांै । प्रधानमन्त्री केपी ओली फेरीपनी संसद् भंग गर्ने तयारीमा रहेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वपक्षीय बैठकमा प्रधानमन्त्री ओलीले संसद् चल्न नसकेको र सरकारले काम गर्न नसकेका कारण संसद् भंग गरेर मध्यवधि निर्वाचनमा जानुपर्ने तर्क गरेका हुन् । प्रधानमन्त्री वलीले राष्ट्रपतिलाई साक्षी राखेर सर्वपक्षीय बैठकमानै भने– संसद् भंग गरौं, सरकारले काम गर्न सकेन ।
प्रधानमन्त्री ओलीको भनाइमा नेमकिपाका नेता प्रेम सुवालले मात्रै समर्थन गरे । अन्य दलका नेताहरूले प्रधानमन्त्री ओलीको भनाइको प्रतिवाद गरेका थिए । ओलीको भनाइको प्रतिवाद गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपतिले बोलाएको सर्वपक्षीय बैठकमा राजनीतिक विषय प्रवेश गर्न नहुने तर्क गरेका थिए ।
प्रचण्डले अहिलेको फोरम राजनीतिक विषयमा प्रवेश गर्ने थलो नभएको भन्दै प्रधानमन्त्रीलाई संसद् भंग गर्ने विषयमै छलफल गर्नुपर्ने भए अन्य थलोमा छलफल हुन सक्ने बताएका छन् ।
संसदलाई बाइपास गरेर जान नसकिने र संसदलाई विजनेश नदिने सरकारले संसद् चल्न सकेन भन्नु गलत भएको भन्दै प्रचण्डले अदालतले असंवैधानिक बाटो भनिसकेपछि फेरि त्यही बाटोमा जान नहुने तर्क गरेको बैठकमा सहभागी माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले जानकारी दिए ।
प्रचण्डले ओलीलाई जवाफ दिएका थिए. ‘यो राजनीतिक विषयमा प्रवेश गर्ने फोरम होइन । अहिले संविधानको रक्षा गर्नुको विकल्प छैन र सदनलाई बाइपास गरेर असंवैधानिक बाटोमा जाने परिकल्पना गर्न सकिँदैन ।’
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...