प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई

Written by meropradesh creator

१७ माघ २०७७, शनिबार

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनल भिडन्तमा आर्मीले एपि एफ लाई ३३ रनले पराजित गर्दै उपाधि हात पारेको हो । आर्मीले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको एपि एफ ४१.३ ओभरमा १७८ रनमा अलआउट भएको थियो । आर्मीले अन्तिम चार बलमा एपि एफको तीन विकेट लिँदै खेल आफ्नो पक्षमा पारेको हो ।
४१.२ ओभरमा सहाब अलामबाट कमलसिंह ऐरी २ रनमा बोल्ड भए लगत्तै अर्को बलमा अभिनास बोहरा एल बिडब्लूको धरापमा परका थिए । अघिल्लो ओभरको अन्तिम बलमा अमरसिंह रउटेला १ रनमा आउट भएका थिए ।
आर्मीका लागि आसिफ शेखले अर्धशतक प्रहार गरेका थिए । ओपनिङ ब्याट्सम्यान आसिफले ७१ बलमा ८ चौका र १ छक्काको मदतमा ६१ रन जोडेका थिए । अर्का ओपनर सुवास खकुरेल १४ रनमा आउट हुँदा कप्तान शरद भेषवाकर डकआउट भएका थिए ।
शंकर रानाले २१ रन जोड्दा सुमित महर्जनले १९ रन बटुलेका थिए भने भुवन कार्की ९ रनमा आउट भएका थिए । सन्दीप जोरा २९ रनमा आउट भएपछि खेल आर्मीको पक्षमा गएको थियो ।
बलिङमा आर्मीका विक्रम शोव, जितेन्द्र मुखिया र सहाब अलामले ३(३ विकेट लिएका थिए । १ विकेट सुशन भारीको नाममा रह्यो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ११ रन जोडेको हो ।
आर्मीका लागि हरिबहादुर चौहानले अर्धशतक प्रहार गरेका थिए । लामो इनिङ्ग्स खेलेका उनले ५८ रनको योगदान दिए । उनले १०२ बलमा ६ चौका प्रहार गरका थिए । आर्मीका लागि ओपनिङ गरेका सुशन भारीले ३४ बल खेलेर १३ रन जोडे भने अनिल मण्डलले २१ बलमा ११ रन बटुलेका हुन ।
भीम सार्की ७ रनमा आउट भएका थिए भने रोहित पौडेलले ३० बलमा १३ रन मात्र जोड्न सकेका थिए । कप्तान विनोद भण्डारीले एपि एफका कमलसिंह ऐरीबाट एलबिडब्लूको धरापमा पर्नुअघि १६ बलमा ७ रन मात्र जोड्न सके थिए । राजेश पुलामी मगरले जोडेको २८ रन पनि आर्मीको लागि महत्वपूर्ण सावित भएको थियो । किशोर महतोको बलमा आउट हुनुअघि उनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए ।
लोकेश बमले ९ बलमा २ छक्कासहित १५ रन प्रहार गरेका थिए भने विक्रम शोव ११ रनमा आउट भए हुन । सहाव अलामले अन्तिममा आक्रमक ब्याटिङ गर्दै नटआउट २१ रन जोडेका थिए । उनले १४ बलमा २ चौका र १ छक्कासहित नटआउट २५ रन जोडेका थिए ।
बलिङमा एपिएफका अभिनास बोहराले सबैभन्दा बढि ४ विकेट लिएका थिए । उनले १० ओभरमा २ मेडन राख्दा २५ रन मात्र खर्चिएका थिए । किशोर महतोले २ विकेट हात पारेका थिए । उनले १० ओभरमा ५३ रन खर्चिएका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...