काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा पुगेका छन् । गृहमन्त्री श्रेष्ठको मुटुमा समस्या देखिएपछी मंगलबार साँझ गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा उपचारकोलागी भर्ना गरिएको छ ।
श्रेष्ठको मुटुमा एन्जियोप्लास्टी सर्जरी गरिएको छ । चीनको भ्रमणमा रहेका बेला गत असोज ३० गते, गृहमन्त्री श्रेष्ठलाई मुटुमा समस्या देखिएको थियो । त्यसपछि उनलाई चीनमै अस्पताल भर्ना गरिएको थियो । सोही समस्या श्रेष्ठमाथी देखीएको छ ।