प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट खड्काको दावी

Written by meropradesh creator

१६ भाद्र २०७९, बिहीबार

रामेछाप । मंसिर ४ गते हुने प्रदेश (ख) को निर्वाचनमा कांग्रेस नेत्री बिनिता खड्काले आफ्नो दावी रहेको बताएकी छिन् । खड्काले भनिन् मेरो उमेरदवारी पार्टीमा दावी रहनु स्वभाभिक हो । मैले बिद्यार्थी राजनितिक देखी आज सम्म समाज परिवर्तणमा बिभिन्न खाले भुमिका निर्वह गरिरहेको छु । जिल्लाको सबै नागरिक संग मेरो प्रत्यक्ष भेटघाट छ सबै नगरिकले विश्वास गरेका छन् युवा र महिलाहरुले आशा गरेका छन् त्यसकारण मेरो दावी रहन्छ ।

विद्यार्थी राजनीतिबाट राजनीतिमा होमिएकी खड्का अहिले रामेछापमा राजनीतिमा सक्रिय महिला नेतृको रुपमा परिचित छिन् । सानै उमेरमा राजनीतिमा सक्रिय रुपमा देखिएकै परिणाम हुन सक्छ खड्काले कांग्रेसको १३ औँ महाधिवेशनमा सबै भन्दा सानो उमेरमा रामेछापबाट महाधिवेशन प्रतिनिधि बन्ने मौका पाइन् ।

१९ वर्षकै उमेरमा महाधिवेशन प्रतिनिधि जितेकी खड्काले आफ्नो राजनीतिक सक्रियतालाई झन बढउदै अघि बढेका छन् । २०७४ सालमा स्थानीय तहको निर्वाचनमा सुनापती गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसबाट उम्मेद्वार बने पनी संगठनको कारण पराजय भोग्न पर्यो । कांग्रेस रामेछापका नेता पिता भुवन खड्का र काका बद्री खड्काको प्रेरणाबाट विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएकी खड्काले १४ औँ जिल्ला अधिवेशनबाट महिला तर्फ सबै भन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधि बनिन् ।

अघिल्लै महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्न खोज्दा क्रियाशील सदस्यताको समयावधि नपुगेकाले उम्मेद्वार बन्नबाट खड्का बन्चित बनिन् । खड्का जिल्ला तथा जिल्ला बाहिर समाजसेवीको रुपमा समेत परिचित छिन् । खड्काले राजनीतिसँगै समाजिक तथा समाजसेवामा समेत राम्रो पहिचान बनाएकी छन् । नेतृ खड्काले गृहजिल्ला रामेछापका विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोषाक वितरण गरेर शैक्षिक गुणस्तर सुधारका लागि सहयोग गर्दै आएकी छन भने अन्य जिल्लाहरुमा समेत सामाजिक कार्यमा पहिचान बनाएकी छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...