रामेछाप । नेपाली कांग्रेस बागमती प्रदेश सदस्यमा शम्भु घिमिरे मनोनित भएका छन् । समाजसेवी शम्भु प्रसाद घिमिरे नेपालीलाई बागमती प्रदेश सदस्यमा मनोनित गरिएको बागमती प्रदेशले जनाएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं संसदिय दलका नेता इन्द बाँनियाँले घिमिरेलाई आईतबार प्रदेश सदस्य पदमा मनोनित गरेका हुन ।
रामेछाप नगरपालिका वडा नं ८ को बाबियाखर्क घर भएका घिमिरेले आफुलाई राजनिति संगै सामाजिक क्षेत्रमा पनि सकृय बनाउदै आएका छन् । राजनिति संगै सामाज सेवा मार्फत जिल्लामा आफ्नो विशिष्ठ पहिचान बनाएका घिमिरेले गरेको साँगठनिक कामको मुल्याँकन गर्दे सभापति बाँनियाँले उनलाई प्रदेश सदस्यमा मनोनित गरेको बताईएको छ ।
सभापति बाँनियाँले आफुले गरेको कामको उच्च मुल्याँकन गर्दै पार्टिको प्रदेश सदस्यमा मनोनित गरी धन्यवाद दिएको घिमिरेले बताए । घिमिरेले भने प्राप्त जिम्मेवारीलाई साँगठनिक अभियान संगै ईमान्दारीताका साथ पार्टि हितमा लगाउनु मेरो कर्तब्य हुने छ । सक्रिय रुपमा पार्टी निर्माणको लागी आफु लागी पर्ने बताए ।