प्रदेश ३ को आगामी वर्षका लागि ६७ अर्ब बढीको बजेट सार्वजनिक, पूँजीगत खर्चमा उच्च प्राथमिकता

२ असार २०८२, सोमबार

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रीले आइतबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा सामाजिक विकास, पूर्वाधार निर्माण, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
यस पटकको बजेटमा कुल खर्चमध्ये चालु खर्चतर्फ २६ अर्ब ४ करोड ४६ लाख रुपैयाँ अर्थात् ३८ दशमलव ६ प्रतिशत र पूँजीगत खर्चतर्फ ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ अर्थात् ६१ दशमलव ४ प्रतिशत विनियोजन गरिएको छ । यो अघिल्ला वर्षहरूको तुलनामा पूँजीगत खर्चमा जोड दिएको स्पष्ट देखिन्छ ।
कर राजस्वबाट २८ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ, अन्य राजस्व स्रोतबाट ६ अर्ब ७९ करोड ४ लाख रुपैयाँ, संघीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण मार्फत ४१ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ, सञ्चित कोष तथा विविध स्रोतबाट १६ अर्ब ९८ करोड ९४ लाख रुपैयाँ उठ्ने आकलन गरिएको छ ।
हाल प्रदेशको कुल आम्दानीभन्दा खर्च बढी देखिएको हुँदा केही अंश आन्तरिक स्रोत तथा संघीय सहयोगमा निर्भर हुने स्पष्ट गरिएको छ । बजेट कार्यान्वयनका क्रममा पारदर्शिता, सुशासन र प्रभावकारितामा ध्यान दिइने बताइएको छ ।
बजेटमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, वातावरण संरक्षण, युवा उद्यमशीलता, कृषिको आधुनिकीकरण, पूर्वाधार विकास र सूचना प्रविधि विस्तारलगायतका क्षेत्रमा कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख छ ।
बजेट सार्वजनिक भएपछि केही सांसद तथा विश्लेषकहरूले बजेटको कार्यान्वयन क्षमताको विषयमा प्रश्न उठाएका छन्। अघिल्ला वर्षहरूमा पूँजीगत खर्च समयमै प्रयोग हुन नसकेको भन्दै कार्यान्वयन पक्ष बलियो बनाउनुपर्ने सुझाव दिइएको छ ।
आर्थिक विकाशको मार्गचित्र तय गर्ने उद्देश्यसहित प्रस्तुत गरिएको बागमती प्रदेशको बजेटले पूँजीगत लगानीमार्फत दीर्घकालीन समृद्धिको मार्गमा पुग्ने अपेक्षा गरिएको छ । बजेटले कागजमा देखाइएका प्राथमिकता र व्यावहारिक कार्यान्वयनबीचको अन्तर घटाउन सकेमा प्रदेशको विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...