प्रचण्ड–माधब समूहकी नेतृ झाँक्री पक्राउ

Written by meropradesh creator

२९ माघ २०७७, बिहीबार

रामेछाप । प्रहरीले नेकपा प्रचण्ड–माधक समूहकी नेतृ रामकुमारी झाँक्रीलाई उनकै घर नयाँवानेश्वरको शंखमुलबाट पक्राउ गरेको छ । नेतृ झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्ययादेबी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले उनलाई प्रक्राउ गरेको हो । यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, आफ्नो नाममा प्रक्राउ पूर्जि नदिई नजाने प्रहरी समक्ष अडान राखेकी थिइन । झाँक्रीको अडानपछि प्रहरी महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भन्दै झाँक्रीलाई पक्राउ पूर्जी दिएको थियो ।
गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति बिरुद्ध गरेको टिप्पणीलाई लिएर नेकपा ओली समुहका अख्रिल नेपाल महिला संघले झाँक्रीलाई पक्राउ गरि कारवाही गर्न माग गरेका थिए । सोही बिषयलाई लिएर झाँक्रीलाई प्रक्राउ गर्न महाशाखाका प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीको नेतृत्वमा दर्जनौ प्रहरी अधिकारी सहित उनका निवास शंखमुल पुगेका थिए ।
प्रहरीले झाँक्रीलाई पक्राउ गरेको भन्दै त्यसको बिरोधमा नेकपा प्रचण्ड–माधब समूहका कार्यकर्ताहरु भेला भएर सरकार बिरुद्ध विभिन्न नाराहरु समेत लगाएका थिए । पक्राउ पर्नु भन्दा पहिले सहभागीहरुलाई सम्वोधन गर्दै झाँक्रीले आफू राज्यको कानूनको पालक भएको बताएकी थिइन् । नेतृ झाँक्रीलाई प्रक्राउ गर्न पुगेका महाशाखाका प्रमुख एसएसपी दीपक थापाले अखिल नेपाल महिला संघले दिएको उजुरीको आधारमा पक्राउ गरेको बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गोकुलगङ्गामा छैठौँ राष्ट्रपति रनिङशील्ड सम्पन्न, शारदा मावि च्याम्पियन

गोकुलगङ्गामा छैठौँ राष्ट्रपति रनिङशील्ड सम्पन्न, शारदा मावि च्याम्पियन

रामेछापको गोकुलगङ्गा गाउँपालिकामा आयोजना गरिएको छैठौँ राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। मङ्सिर १९ गतेदेखि वडा नम्बर ५, नामाडीमा सुरु गरिएको प्रतियोगिता हिजो आइतबार औपचारिक रुपमा समापन गरिएको हो। प्रतियोगितामा शारदा माध्यमिक विद्यालय च्याम्पियन...

रामेछापमा बढ्यो जुनार उत्पादन , जुस उद्योगले थप्यो उत्साह

रामेछापमा बढ्यो जुनार उत्पादन , जुस उद्योगले थप्यो उत्साह

रामेछापका जुनार बगैँचाहरू यतिबेला पहेंलपुर भएका छन् । हिउँद सुरु भएसँगै सुकाजोर, गाईटार, ओख्रेनी, भालुखोप, हिमगंगा, फूलासीलगायत क्षेत्रका बगैँचामा पाकेर झुन्डिएका जुनारले गाउँको वातावरण नै आकर्षक बनेको छ । वर्षभरिको मेहनतको फल पाकेको देख्दा किसानहरूको अनुहारमा...

नेपाली कांग्रेस पुस २६–२८ मा नियमित महाधिवेशन गर्दै, विधि–विवादलाई सहमतिमा टुङ्ग्याउँदै

नेपाली कांग्रेस पुस २६–२८ मा नियमित महाधिवेशन गर्दै, विधि–विवादलाई सहमतिमा टुङ्ग्याउँदै

काठमाडौं । लामो तानातान र आन्तरिक विवादपछि नेपाली कांग्रेस अन्तत ः पुस महिनामै नियमित महाधिवेशन गर्ने निष्कर्षमा पुगेको छ । सभापति शेरबहादुर देउवा सिंगापुर उपचारबाट फर्किएपछि असन्तुष्ट नेताहरूसँग गरिएको निरन्तर छलफलले पार्टीको विवादित महाधिवेशन कार्यतालिका सर्वसम्मत...