मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा अराजकता फैलाउन खोजेको नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आरोप लगाएका छन् । विराटनगरका पत्रकार शङ्कर खरेलले लेखेको लघुकथा ॐ तृप्यन्तामञ पुस्तक विमोचन कार्यक्रममा शनिबार कोइरालाले दाहाल आफैँ प्रधानमन्त्री भएर अराजकता फैलाउने कोशिष गरिरहेको बताएका छन् । प्रधानमन्त्रीले सडकमा लाखौँ मान्छे उतार्ने लगायतका अभिव्यक्ति दिएर मुलुकमा अराजकता फैलाउन खोजेको काँग्रेस नेता कोइरालाले दावी गरेका छन् ।
झमुलुकको अर्थतन्त्र धरासायी बन्दै गएको छ तर प्रधानमन्त्रीले आफैँ सडक आन्दोलनमा उत्रने अभिव्यक्ति दिएर उद्योगी व्यवसायीलाई आतङ्कित बनाइरहेका छन्, कोइरालाले भने, झमुलुकभरि रहेका ६ लाख ५० हजार सटरमध्ये ३५ प्रतिशत खाली भएर उद्योगी व्यवसायी पलायन भइसकेको अवस्थामा आन्दोलनको त्रास देखाएर उद्योगी व्यवसायीलाई झन् आतङ्कित बनाइराखेका छन् ।
उनले मुलुकमा भ्रष्टाचार, दण्डहिनता नियन्त्रण र सुशासन कायम गर्नबाट राज्य चुकेका कारण आमसर्वसाधारण निरास बनेको बताए । मुलुकमा बहुविश्वविद्यालय र प्रादेशिक विश्वविद्यालय खोल्ने लहर छ तर कलेजहरू रित्तिँदै गएका छन्, उनले भने, विद्यार्थीहरू लाम लागेर विदेशी पलायन भइरहेका छन् । त्यसैले विद्यार्थी विदेश पलायन हुने कारण खोजेर निकास दिनु आवश्यक छ ।
सामुदायिक विद्यालयमा नि:शुल्क शिक्षा रहेकोलाई चुनोति दिँदै अंग्रेजी माध्यमको नाममा सामुदायिक विद्यालयहरूले अभिभावकसँग अवैधरूपमा रकम असुली गरिरहेको प्रति कोइरालाले आपत्ति जनाए । माध्यमिक तहको शिक्षा नि:शुल्क र गुणस्तरीय बनाउन सकेमात्रै देश उँभो लाग्ने उनको भनाइ छ । वैदेशिक रोजगारीका लागि युवा पलायनले मुलुकभरि वृद्धवृद्धा बेसहारा भएर पारिवारिक विचलनका साथै विकृति बढ्दै गएको भन्दै कोइरालाले चिन्ता व्यक्त गरे ।