प्रचार नहुँदा गुराँसेको पाँचकन्या काली भगबती मन्दीर ओझेलमा

Written by meropradesh creator

२३ माघ २०७७, शुक्रबार

रामेछाप । जिल्लाको दोरम्वा गाउँपालिका वडा नं–५ गुन्सीको गुराँसेमा रहेको पाँचकन्या काली भगवती मन्दीर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
स्थानीय गाउँलेहरुले महत्वपूर्ण पिठका रुपमा मान्दै आएको करिब पाँचसय वर्ष पुरानो सो मन्दीर धार्मिक र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण छ । हप्ताको मंगलवार, बिहीबार र शनिबार नियमित पूजा गरी बलिदिने गरिएको सो मन्दीरमा बोका, कुखुरा र हाँसको बलि चढाउने चलन छ । प्रत्येक वर्षको कार्तिक पूर्णिमाका दिन मगर जातिहरुले गुठी पूजागरी रातभरी डम्फु र मादल बजाएर मन्दीर परिसरमा नै जागाराम बस्ने गर्दछन् ।
त्यस्तै नेपालीहरुको महानचाड विजयादशमीको फुलपातिदेखि नवमीसम्म मन्दीर परिसर भक्तजनको पुजाआजाको लागि खुल्ला राख्ने गरिएको छ । टाढा–टाढावाट मन्दीरमा दर्शन गर्न आउने दर्शनार्थी र मन्दीरको पूजारीको लागि बस्ने ब्यवस्था नहुँदा समस्या हुँदै आएको दोरम्वा गाउँपालिका वडा नं–५ का वडा अध्यक्ष कमानसिं तामाङले जानकारी दिए ।
उनले भने– मन्दीरमा खानेपानी, शौचालय र पुजारी वस्ने भवन र मन्दीरमा टाढा–टाढाबाट पुजाआजा गर्न आउँने भक्तजनहरुलाई बस्ने भवन नहुँदा समस्या रहेको छ । स्थानियहरुले भवनको माग गरेका छन् । त्यहीँ अनुसा वडा कार्यालयले यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकहरु भित्रयाउन सकिने भएकाले दोरम्वा गाउँपालिकासँग आवश्यक बजेट माग गरेर काम अघि वढाउन लागेको अध्यक्ष तामाङ बताउँछन् ।
दोरम्वाको पाचकन्या काली भगवती मन्दीरमा पुजा गर्न रामेछाप जिल्ला बाहेक ओखलढुगां, उदयपुर, सलार्ही, हेटौडा, सिन्धुली, दोलखा र काभ्रेपलान्चोक लगायत दर्जनौं जिल्लाबाट भक्तजनहरु आउँने गर्दछन् । मन्दीर वरीपरी सिंहराजा, सिहंरानी, इन्डराजा, इन्डरानी, बासुकी राजा, वासुकी रानी, सूर्यराजा, सूर्यरानी, बज्रराज बज्ररानी लागायत ५२ वटा देविदेवताहरुको वासस्थान रहेको मन्दीरका पुजारी खड्गबहादुर थापामगरले बताए ।
ऐतिहासिक महत्व बोकेको उक्त मन्दिरमा वि.स.१४४९ सालमा चढाएको घण्ट अहिलेसम्म रहेको छ । मनमा चिताएको कुरा पुग्ने विश्वासका साथ पहिला पहिला शासकहरु आफै मन्दीरमा आएर पुजा गर्ने गरेको स्थानीय वुढापाकाहरुको भनाई छ । मनोकांक्षा पूरा हुने विश्वासको आधारमा विदेश जाने युवा युवतिहरु र बच्चा नभएका दम्पत्तिहरु समेत सो मन्दीरमा पूजाआज गर्न आउने गर्दछ । यस मन्दीरमा पुजा गर्दा मनोकाँक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...