प्रभाव र दबाबमा पर्दिन– डिएसपी ढुंगाना

Written by meropradesh creator

११ माघ २०७७, आईतवार

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापमा सरुवा भएर आएका प्रहरी नायव उपरिक्षक नबराज ढुंगानाले समग्र जिल्लाको शान्तिसुरक्षा र अपराध रोकथामको क्रममा कुनै राजनितिक दलको प्रभाब र दबाबमा नपरी काम गर्ने बताएका छन् ।
सो कुरा उनले आइतवार जिल्ला प्रहरी कार्यालयमा राजनितिक दल, पत्रकार, उद्योगी र नागरिक समाजसँग भएको भेटघाट कार्यक्रममा बताएका हुन् । उनले आफु जिल्लामा शान्तिसुृरक्षा कायम गराउन कटिवद्ध भएर लाग्ने भन्दै कानून बिपरित कसुर गर्ने जो सुकैलाई पनि नछाड्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरिक्षकको रुपमा ढुंगाना शुक्रवार मात्रै हाजिर भएका हुन् ।
आफ्नो कार्यकालमा रामेछापमा बस्दा समुदाय र प्रहरी बिच साझेदारी गरेर अघि वढ्ने र सबै राजनितिक दल, संञ्चारकर्मी र नागरिकहरुले प्रहरीलाई साथ दिन पनि प्रहरी नायव उपरिक्षक ढुंगानाले सहभागीसँग आग्रह गरे । जिल्लामा जागिर खान आएको हुँ, मेलै कुनै स्वार्थ लिएर यहाँ आएको छैन् । रामेछापमा वस्दा गुण्डागर्दी चल्न दिन्न र जघन्य बिषयका मुद्धामा मिलापत्र गर्ने काम आफ्नो कार्यकालमा नहुने पनि डिएसपी ढुंगानाले बताए
उनले भने– प्रहरीले समुदायसँग साझेदारी गरेर काम गर्नुपर्ने भएकाले पहिला प्रहरी संगठन भित्र पनि सुद्धिकरण हुनु जरुरी छ । पहिला म आफ्नो प्रहरी संगठन भित्र सुद्धिकरण गर्दै समुदायसँग समन्वय गरेर काम गर्ने छु, प्रहरी बलियो बनाउन सबै तर्फबाट सहयोग पुर्याए समाजलाई अपराध मुक्त बनाउन सकिने बताए ।
प्रहरीमा भएको भेटघाटको क्रममा जिल्लाको समस्याको बिषयमा राजनितिक दलका नेताहरु, पत्रकार, व्यवसायीहरुले जिल्लामा भएका विभिन्न समस्याका बिषयमा जानकारी गराएका थिए । जिल्लामा अहिले पनि अबैद्य रुपमा ढुङ्गा गिट्टी र बालुवा तस्करी भइरहेको, हाइड्रोपावरले नागरिकमाथी ज्यादती गर्दा समेत प्रहरी प्रशासनले त्यसतर्फ कुनै कदम नचालेको जस्ता बिषयलाई सहभागीहरुले उठाएका थिए ।
त्यसैगरी सहभागीहरुले जिल्लामा पछिल्लो समय आत्महत्याको संख्या अन्त्यतै बढेको भन्दै यसलाई न्युनिकरण गर्न स्थानिय सरकारसँग समन्वय गरेर प्रहरीले अभियान नै चलाउनु पर्ने धारणा राखेका थिए । अहिले शहर केन्द्रित ट्राफिक जनशक्तिलाई गाउँ केन्द्रित गर्नुपर्ने भन्दै ट्राफिक प्रहरीले चालकसँग बढी मात्रामा जरिवाना मात्रै काट्ने गुनासो वढेकाले यसलाई सचेतीकरण कार्यक्रम पनि सँगै लैजानु पर्ने सहभागीहरुले बताएका थिए ।
कार्यक्रममा सहभागी राजनितिक दलका नेताहरुले कुनै पनि घटनामा संलग्न व्यक्तिको बिषयमा दबाब सिर्जना नगर्ने प्रतिबद्धता जनाएका छन् । घटनामा संलग्न व्यक्तिलाई कानून अनुसार कारवाहीको दायरामा ल्याएर पिडीतलाई प्रहरीले न्याय दिए पुग्छ, यस बिषयमा पार्टीबाट कुनै दबाब दिदैनौं सहभागी राजनितिक दलका नेताहरुले सामुहिक प्रतिवद्धता समेत गरेका छन् ।
प्रहरीसँगको भेटघाट कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव लेखवहादुर कार्की, नेकपा रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष रामचन्द्र शर्मा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष रमेश ढुङेल र पूर्व अध्यक्ष टीकाप्रसाद भट्ट, उद्योग बाणिज्य संघ बागमती प्रदेशका सदस्य श्याम थापा, रामेछाप उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष केशव प्रसाद घिमिरे लगाएतका व्यक्तिहरुले जिल्लाको समग्र अवस्थाको बिषयमा जानकारी गराएका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

खाँडादेवी गाउँपालिको १६ औँ गाउँ सभा वडा अध्यक्षहरूले विरोध पछि गरे बहिस्कार – गाउँ सभा अनिश्चित 

खाँडादेवी गाउँपालिको १६ औँ गाउँ सभा वडा अध्यक्षहरूले विरोध पछि गरे बहिस्कार – गाउँ सभा अनिश्चित 

रामेछाप । खाँडादेवी गाउँपालिकाको १६ औँ गाउँ सभा वडा अध्यक्षहरूले बहिस्कार गरेका छन् । वडा अध्यक्षहरूले गाउँभामा बहुमतको कदर नभएको भन्दै बहिस्कार गरेका छन् । वडा अध्यक्षहरूको विरोध पछि गाउँ सभा स्थगित भएको छ । गाउँपालिका अध्यक्ष श्रेष्ठले वडा कार्यालय र कार्यपालिकाको...

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

रामेछाप । रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत (खड्का) सर्वसम्मत अध्यक्षमा निर्वाचित बनेकी छिन् । चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट महतको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।  शनिवार मन्थलीमा भएको...

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

रामेछाप । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१मा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको छ । शनिवार मन्थलीमा भएको २३ औ वार्षिक साधारण सभाको अवसरमा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदन कोषाध्यक्ष रमेश ढुङ्गेलले...