प्रभाव र दबाबमा पर्दिन– डिएसपी ढुंगाना

Written by meropradesh creator

११ माघ २०७७, आईतवार

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापमा सरुवा भएर आएका प्रहरी नायव उपरिक्षक नबराज ढुंगानाले समग्र जिल्लाको शान्तिसुरक्षा र अपराध रोकथामको क्रममा कुनै राजनितिक दलको प्रभाब र दबाबमा नपरी काम गर्ने बताएका छन् ।
सो कुरा उनले आइतवार जिल्ला प्रहरी कार्यालयमा राजनितिक दल, पत्रकार, उद्योगी र नागरिक समाजसँग भएको भेटघाट कार्यक्रममा बताएका हुन् । उनले आफु जिल्लामा शान्तिसुृरक्षा कायम गराउन कटिवद्ध भएर लाग्ने भन्दै कानून बिपरित कसुर गर्ने जो सुकैलाई पनि नछाड्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरिक्षकको रुपमा ढुंगाना शुक्रवार मात्रै हाजिर भएका हुन् ।
आफ्नो कार्यकालमा रामेछापमा बस्दा समुदाय र प्रहरी बिच साझेदारी गरेर अघि वढ्ने र सबै राजनितिक दल, संञ्चारकर्मी र नागरिकहरुले प्रहरीलाई साथ दिन पनि प्रहरी नायव उपरिक्षक ढुंगानाले सहभागीसँग आग्रह गरे । जिल्लामा जागिर खान आएको हुँ, मेलै कुनै स्वार्थ लिएर यहाँ आएको छैन् । रामेछापमा वस्दा गुण्डागर्दी चल्न दिन्न र जघन्य बिषयका मुद्धामा मिलापत्र गर्ने काम आफ्नो कार्यकालमा नहुने पनि डिएसपी ढुंगानाले बताए
उनले भने– प्रहरीले समुदायसँग साझेदारी गरेर काम गर्नुपर्ने भएकाले पहिला प्रहरी संगठन भित्र पनि सुद्धिकरण हुनु जरुरी छ । पहिला म आफ्नो प्रहरी संगठन भित्र सुद्धिकरण गर्दै समुदायसँग समन्वय गरेर काम गर्ने छु, प्रहरी बलियो बनाउन सबै तर्फबाट सहयोग पुर्याए समाजलाई अपराध मुक्त बनाउन सकिने बताए ।
प्रहरीमा भएको भेटघाटको क्रममा जिल्लाको समस्याको बिषयमा राजनितिक दलका नेताहरु, पत्रकार, व्यवसायीहरुले जिल्लामा भएका विभिन्न समस्याका बिषयमा जानकारी गराएका थिए । जिल्लामा अहिले पनि अबैद्य रुपमा ढुङ्गा गिट्टी र बालुवा तस्करी भइरहेको, हाइड्रोपावरले नागरिकमाथी ज्यादती गर्दा समेत प्रहरी प्रशासनले त्यसतर्फ कुनै कदम नचालेको जस्ता बिषयलाई सहभागीहरुले उठाएका थिए ।
त्यसैगरी सहभागीहरुले जिल्लामा पछिल्लो समय आत्महत्याको संख्या अन्त्यतै बढेको भन्दै यसलाई न्युनिकरण गर्न स्थानिय सरकारसँग समन्वय गरेर प्रहरीले अभियान नै चलाउनु पर्ने धारणा राखेका थिए । अहिले शहर केन्द्रित ट्राफिक जनशक्तिलाई गाउँ केन्द्रित गर्नुपर्ने भन्दै ट्राफिक प्रहरीले चालकसँग बढी मात्रामा जरिवाना मात्रै काट्ने गुनासो वढेकाले यसलाई सचेतीकरण कार्यक्रम पनि सँगै लैजानु पर्ने सहभागीहरुले बताएका थिए ।
कार्यक्रममा सहभागी राजनितिक दलका नेताहरुले कुनै पनि घटनामा संलग्न व्यक्तिको बिषयमा दबाब सिर्जना नगर्ने प्रतिबद्धता जनाएका छन् । घटनामा संलग्न व्यक्तिलाई कानून अनुसार कारवाहीको दायरामा ल्याएर पिडीतलाई प्रहरीले न्याय दिए पुग्छ, यस बिषयमा पार्टीबाट कुनै दबाब दिदैनौं सहभागी राजनितिक दलका नेताहरुले सामुहिक प्रतिवद्धता समेत गरेका छन् ।
प्रहरीसँगको भेटघाट कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव लेखवहादुर कार्की, नेकपा रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष रामचन्द्र शर्मा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष रमेश ढुङेल र पूर्व अध्यक्ष टीकाप्रसाद भट्ट, उद्योग बाणिज्य संघ बागमती प्रदेशका सदस्य श्याम थापा, रामेछाप उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष केशव प्रसाद घिमिरे लगाएतका व्यक्तिहरुले जिल्लाको समग्र अवस्थाको बिषयमा जानकारी गराएका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा निरुता ठगुन्ना नियुक्त

राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा निरुता ठगुन्ना नियुक्त

नेपाल एपीएफ क्लबकी प्रभावशाली खेलाडी निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा नियुक्त हुनुभएको छ । राष्ट्रिय महिला भलिबल टोलीको नेतृत्व सम्हाल्ने उहाँ छैटौँ कप्तान बन्नुभएको हो । राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक जगदीश भट्टको सिफारिसमा नेपाल भलिबल...

सर्लाहीका ६ विपन्न विद्यार्थीलाई गगनकुमार थापाले निःशुल्क पढाउने

सर्लाहीका ६ विपन्न विद्यार्थीलाई गगनकुमार थापाले निःशुल्क पढाउने

काठमाडौँ, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीका छ जना स्कुले विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था मिलाउनुभएको छ । सर्लाहीको बलरा नगरपालिका, गोडैता नगरपालिका र धनकौल गाउँपालिकाका आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई थापाले निःशुल्क अध्ययनको...

डहु माध्यमिक विद्यालयद्वारा एसइई उत्तीर्ण विद्यार्थी र शिक्षकलाई सम्मान गरिँदै, पूर्वमन्त्री कुलमान घिसिङ प्रमुख अतिथि

डहु माध्यमिक विद्यालयद्वारा एसइई उत्तीर्ण विद्यार्थी र शिक्षकलाई सम्मान गरिँदै, पूर्वमन्त्री कुलमान घिसिङ प्रमुख अतिथि

सुनापति गाउँपालिका वडा नम्बर ४ मा अवस्थित डहु माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) उत्तीर्ण विद्यार्थी र विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याउने शिक्षकहरूलाई सम्मान गर्ने भएको छ । विद्यालयले आगामी जेठ ३ गते आइतबार एक विशेष...