रामेछाप । तामाकोशी र सुनकोशी नदीको संगम स्थलमा निमार्णाधिन मरिन डाइभर्सन आयोजनाका प्रभावित क्षेत्रका माझी समुदायले रोजगारी, स्वास्थ्य, शिक्षा र संस्कार संस्कृतीको ग्यारेन्टी गर्नुपर्ने माग राखेका छन् ।
महिला संजाल नेपाल रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा आयोजना गरेको एक दिने अन्र्तक्रिया कार्यक्रममा आयोजना प्रभाबित क्षेत्रका माझी समुदायले सो कुरा बताएका हुन् । महिला संजाल नेपाल रामेछापकी अध्यक्ष मञ्जु माझीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहभागीहरुले मरिन डाइर्भसन आयोजना निमार्ण हुँदा आफ्नो पुस्तौदेखी बस्दै आएको बस्तीनै उठ्ने भएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी केही माझी समुदायले अहिले हाइड्रोपावर आवश्यक नभएको बताएका थिए । केही माझीहरुले भने हाइड्रोपावर निमार्ण हुने नै भए सदियौंदेखी कोशी किनारमा बसोबास गर्दै आएका माझी समुदायको संस्कार÷संस्कृती, स्वास्थ्य, शिक्षा, रोजगारीको आयोजनाले व्यवस्था गरिदिनुपर्ने र जग्गाको मुअब्जा बितरण गर्दा सबै एकै किसमले एकरुपता कायम हुने हिसाबले काम गर्नुपर्ने माग राखेका छन् ।
सदरमुकाम मन्थलीमा भएको उक्त कार्यक्रममा रजगाउँ, भटौली, कुनौरी, सेलेघाट, मन्थली, ओढारे, जखनीटार, खिम्ती लगाएतका क्षेत्रमा बसोवास गर्ने माझी समुदाय उपस्थिती रहेको थिए । सहभागी सबैले आयोजनाले माझी समुदायले राखेको मागलाई वेवास्ता गरेमा आयोजना निमार्णको कामलाई प्रभावित पार्ने बताएका छन् ।
टेवा नेपाल संस्थाको सहयोगमा भएको उक्त अन्र्तक्रिया कार्यक्रममा मन्थली नगरपालिका वडा नं–१ का कार्यबाहक बडा अध्यक्ष गजेन्द्रबहादुर थापा, टेवा नेपाललकी प्रतिनिधि कमला पन्त लगाएतको उपस्थिती रहेको थियो ।