पोशाक नसिलाउने सरकारी कर्मचारीको भत्ता कटौती हुने

Written by meropradesh creator

७ चैत्र २०७७, शनिबार

रामेछाप । सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पोशाक लगाउन दिएको रकमवाट कर्मचारीले पोशाक नसिलाएको भेटिएमा कर्मचारीले पाउँदै आएको भत्ता रकम कटौती गर्ने बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बताएका छन् ।
सो कुरा उनले नेपाल कपडा सिलाई व्यवसायी सङ्घ ललितपुरको ११ औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा मन्तव्य राख्ने क्रममा बताएका हुन् । मुख्यमन्त्री पौडेलले भने– कर्मचारीहरुले पोशाक सिलाउने भत्ता रकम लिएपछि अनिवार्य रुपमा कपडा सिलाउने पर्ने नियम नबन्दा सिलाई कटाई व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरुको समेत रोजगारीमा असर पुगेको भन्दै तीनै तहका सरकारसँग यो बिषयमा कुरा राख्छु ।
सबै सरकारी कार्यालयमा कार्यरत निजामती कर्मचारीहरुले कपडा सिलाउने भत्ता रकमवाट कपडा सिलाएको बिल पेश गरेपछि मात्रै रकम पाउने नियम बन्दा कर्मचारीले नयाँ कपडा लगाउन वाध्य हुने र सिलाई व्यवसायीले पनि कामको अबसर पाउने मुख्ममन्त्री पौडेलले सो अवसरमा बताएका हुन् ।
उक्त कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सबै तहका विद्यालयका बालबालिकाहरुमा घरेलु कपडालाई अनिवार्य पोशाकको रुपमा राखिदिदा आफुले सोचेको स्मार्टसिटीको अवधारणा पुरा हुने बताए । उनले भने– जिल्लाभित्र बन्ने वस्तुलाई ब्राण्डको रुपमा विकास गर्नको लागि ललितपुरमा उत्पादित भएका वस्तु लोगोसहित अन्र्तराष्ट्रिय बजारसम्म लैजादा यहाँको पहिचान सबैतिर पुग्छ ।
नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घका अध्यक्ष पूर्णवहादुर महर्जनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल टेलिरिङ महासंङ्घका अत्तयक्ष गोपाल परियार, उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्योले लगाएतका वक्ताहरुले मुलुकभरका स्थानिय सरकारहरुले आम व्यवसायीहरुको हितमा ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई हल्का रूपमा लिनु देशका लागि घातक हुन सक्ने बताएका छन्। उनले संविधान संशोधन आवश्यक भए पनि त्यसका संवेदनशील पक्षलाई गम्भीरतापूर्वक बुझेर मात्र अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।...