पूर्वराष्ट्रपति भण्डारीले दलहरूलाई उठाए १३ प्रश्न: “संविधान, बेरोजगारी र विकेन्द्रीकरणमा दल जिम्मेवार छैनन्”

काठमाडौं । नेकपा एमालेकी पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राजनीतिक दलहरूलाई गम्भीर प्रश्न उठाएकी छन्। मदन भण्डारी ७५औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले दलहरूले संविधान, शिक्षा, रोजगार, अर्थतन्त्र र विकेन्द्रीकरणसम्बन्धी जिम्मेवारी पूरा नगरेको बताइन्।

भण्डारीले मुलुकमा राजनीतिक परिवर्तन भए पनि जनताको अपेक्षा अनुसार दलहरूले काम नगरेको गुनासो पोख्दै भने, “जिम्मेवारी, जवाफदेहिता भनेको राजनीतिक दलहरूको हो। अहिले सबै कुरा नजिकबाट हेरिरहेको छु। बेरोजगारीले युवाहरू रोजगारी खोज्न विदेश जान बाध्य छन्। राष्ट्रिय पुँजी र उद्योगहरू विस्थापित हुँदै गएका छन्।”

उनले दलभित्र फस्टाएको विकृति र प्रणालीगत कमजोरीलाई पनि औँल्याइन्। भण्डारीले भनिन्, “राजनीतिक दलहरूले संस्थागत र प्रणालीगत ढंगले काम गर्न सकेका छैनन्। संसद निरीह बनेको छ। कानुन समयमै बन्न सकेको छैन। शिक्षा प्रणाली कपी–पेस्टमा चलेको छ, जसले युवाहरूलाई पलायनतर्फ धकेलिरहेको छ।”

पूर्वराष्ट्रपतिले ठूला दलहरूले संविधान संशोधन गर्न सहमति जनाएको भए पनि त्यसमा ठोस छलफल नभएको उल्लेख गरिन्। “संविधानबारे प्रश्न उठाएर दलहरूले छलफल नगर्नु जिम्मेवारी नबुझेको हो,” उनले भनिन्।

एमालेको ऐतिहासिक पृष्ठभूमि सम्झँदै भण्डारीले आफू कम्युनिस्ट सदस्य भएर राजनीतिक यात्रा सुरु गरेको र एमाले बन्नुअघि मालेमा रहेर काम गरेको बताइन्। उनले वर्तमान एमालेलाई ‘ब्रान्ड’ मात्र भएको टिप्पणी गर्दै भनिन्, “नेपाली कम्युनिस्ट पार्टीहरू धेरै छन्, त्यसैले आफू चिनिन थर वा नाम प्रयोग भइरहेको हो।”

भण्डारीले दलहरूमा विकेन्द्रीकरणको कमी र माथि–माथि निर्णय हुने प्रवृत्तिलाई चिन्ता व्यक्त गर्दै भने, “साना निर्णयसमेत माथिबाट नेताहरूले निर्देशन गर्छन्। दलहरूले राष्ट्रिय हितमा समर्पित भएर काम गर्न सकेका छैनन्।”

अर्थतन्त्र र रोजगारीको विषयमा भण्डारीले मुलुकको स्थिति उल्टो बाटोमा रहेको बताइन्। “प्राकृतिक स्रोत पर्याप्त छ, उद्योग विकास हुन सकेको छैन। आयातमा निर्भर रहँदा वैदेशिक ऋण बढिरहेको छ। राष्ट्रिय पुँजी फस्टाउन सकेको छैन।”

पूर्वराष्ट्रपतिले दलहरूभित्र प्रजातान्त्रिक प्रणाली कमजोर भएको र पार्टीभित्र सीमित व्यक्तिहरूको लागि मात्रै लाभ सुनिश्चित भएको उल्लेख गरिन्। उनले राज्यका सबै अंगहरू व्यवस्थित ढंगले सञ्चालन नभएको र जनता समस्या समाधानका लागि छलफल गर्न नसक्ने अवस्थामा रहेको चेतावनी दिइन्।

भण्डारीले नयाँ पुस्तालाई वैचारिक रूपमा सुसंगठित गर्न आवश्यक रहेको बताउँदै जबजको सिद्धान्तको सान्दर्भिकता अझै कायम रहेको औँल्याइन्। “जबजको नीति अनुसार काम भए मुलुक सु–सम्पन्न भएर अगाडि बढ्न सक्छ,” उनले भनिन्।

पूर्वराष्ट्रपतिले माधव नेपाल र रवि लामिछानेजस्ता सांसदलाई आरोप लाग्दा तत्काल निलम्बन गर्नु लोकतान्त्रिक नहुने धारणा राख्दै भने, “निर्वाचित प्रतिनिधि माथि आरोप पुष्टि नभएसम्म पद जाने व्यवस्था गर्न नहुने हो।”

भण्डारीले आफ्नै पार्टी नेकपा एमालेसँगको सम्बन्ध स्पष्ट पार्दै भनिन्, “मैले ४५ वर्ष पहिले सदस्यता लिएको थिएँ। म निरन्तर एमालेकै कार्यकर्ता हुँ र मार्गदर्शक सिद्धान्त अनुसार काम गरिरहेको छु।”

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...