काठमाण्डौं । पोखरामा भएको बस दुर्घटनामा परि घाइते भएका सबै यात्रु भारतीय नागरिक रहेको खुलेको छ । दुर्घटनामा घाइते भएका २८ जना भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ ।
आज बिहान पोखरा महानगरपालिका–२२ मा भएको बस दुर्घटनामा २८ जना भारतीय नागरिक घाइते भएका थिए । उक्त बसमा ३० जना सवार थिए, जसमा चालक र सहचालक बाहेक सबै भारतीय नागरिक रहेका थिए। घाइतेहरूमा विभिन्न उमेर समूहका भारतीय नागरिकहरू रहेका छन् र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...