पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी रूपमा पूरा नगरेको आरोप लागेको छ।

विद्यालय व्यवस्थापन समितिले २०८३ साल जेठ २२ गते बसेको बैठकबाट अस्थायी शिक्षक प्रधानाध्यापक रहेको अवस्थामा स्थायी शिक्षकलाई प्रधानाध्यापक बनाउने निर्णय गरेको थियो। उक्त निर्णयको प्रतिलिपि तथा जानकारी २०८३ साल जेठ २६ गते सुनापती गाउँपालिकामा बुझाइएको भए पनि गाउँपालिकाले हालसम्म निर्णय कार्यान्वयन गराउन चासो नदिएको विद्यालय व्यवस्थापन समितिसम्बद्ध स्रोतले जनाएको छ।

विद्यालयका अभिभावक तथा स्थानीय सरोकारवालाले लामो समयदेखि विद्यालयको आर्थिक पारदर्शिता र भवन निर्माणमा भएको खर्च सार्वजनिक गर्न माग गर्दै आएका छन्। उनीहरूका अनुसार तत्कालीन प्रधानाध्यापक लानम दोर्जे बम्जनको कार्यकालमा केही आर्थिक वर्षको लेखापरीक्षण हुन सकेको छैन।

विद्यालयको आन्तरिक कोषअन्तर्गत रहेको खाताबाट २०७९ साल असार ९ गते तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष कर्णबहादुर बम्जनको नाममा निर्माण प्रयोजनका लागि भन्दै रु. ८ लाख २५ हजार ५७२ निकालिएको आरोप छ। सोही दिन विद्यालयको खाताबाट रु. ३ लाख ८७ हजार ५२० तत्कालीन अध्यक्ष बम्जनको व्यक्तिगत खातामा सिधै हस्तान्तरण गरिएको दाबी स्थानीय अभिभावक तथा सरोकारवालाले गरेका छन्।

स्थानीयका अनुसार रकम निकालिएको आर्थिक वर्षमा विद्यालयमा कुनै पनि निर्माण कार्य नभएको भन्दै उक्त रकमको प्रयोग र खर्च विवरण सार्वजनिक गर्न माग गरिएको छ। विद्यालयको आन्तरिक स्रोतबाट भएको भनिएको रकम निकासा तथा व्यक्तिगत खातामा रकम स्थानान्तरणको विषयले विद्यालयभित्र गम्भीर प्रश्न उठाएको अभिभावकहरूको भनाइ छ।

आर्थिक वर्ष २०७९/०८० मा विद्यालय भवन निर्माणका लागि बागमती प्रदेश सरकारबाट रु. २५ लाख र सुनापती गाउँपालिकाबाट रु. १२ लाख ५० हजार गरी रु. ३७ लाख ५० हजार बजेट प्राप्त भएको थियो। उक्त बजेटबाट भएको भवन निर्माणको खर्च सार्वजनिक सुनुवाइमार्फत जानकारी गराउन अभिभावक र स्थानीय सरोकारवालाले पटकपटक माग गरे पनि प्रधानाध्यापकले बेवास्ता गरेको आरोप उनीहरूको छ।

विद्यालय व्यवस्थापन समितिका एक सदस्यका अनुसार खर्च विवरण सार्वजनिक गर्नुपर्ने मागलाई बेवास्ता गर्दै प्रधानाध्यापकले सिधै लेखापरीक्षण गराएको र त्यससमयका विद्यालय व्यवस्थापन समिति अध्यक्षको हस्ताक्षरसमेत नगराइएको दाबी गरिएको छ। सामाजिक लेखापरीक्षणका क्रममा पनि अभिभावकलाई घरघरमा गई हिसाबकिताब नबुझाई हस्ताक्षर मात्र गराइएको आरोप लगाइएको छ।

विद्यालय व्यवस्थापन समितिको बैठक राख्न पटकपटक आग्रह गर्दा प्रधानाध्यापकले बैठक नबोलाएको तथा समितिले बोलाएको बैठकमा समेत उपस्थित नभएको आरोप पनि लागेको छ। २०८२ साल असार ११ गते विद्यालय व्यवस्थापन समिति अध्यक्षले अभिभावक भेला बोलाउन लिखित निवेदन दिएको र उक्त पत्र ४८० नम्बरमा दर्ता भए पनि प्रधानाध्यापकले भेला नबोलाएको स्थानीयले बताएका छन्।

विद्यालयका अभिभावकले प्रधानाध्यापक विद्यालयको शैक्षिक तथा प्रशासनिक सुधारभन्दा अन्य विषयमा बढी केन्द्रित भएको आरोप लगाउँदै प्रधानाध्यापक परिवर्तन आवश्यक भएको बताएका छन्। विद्यालयमा अध्ययनरत अधिकांश दलित तथा सीमान्तकृत जनजाति समुदायका बालबालिकाको भविष्यमा समेत विवादले प्रत्यक्ष असर पार्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्।

यता, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष कर्णबहादुर बम्जनले भवन निर्माण योजनामा स्थानीय अभिभावकले १० प्रतिशत श्रमदान गर्नुपर्ने व्यवस्था रहेको भए पनि श्रमदान नभएपछि योजना सम्पन्न हुन नसक्ने अवस्था आएको बताएका छन्। योजना सम्पन्न गर्नका लागि बैंकमा रहेको रकम निकासा गरी भवन निर्माण सम्पन्न गरिएको उनको दाबी छ।

सुनापती गाउँपालिका शिक्षा शाखा प्रमुख कमलबहादुर बमले प्रधानाध्यापक परिवर्तनको निर्णय तत्काल कार्यान्वयन नभएको स्वीकार गर्दै प्रधानाध्यापक रहेको अवधिसँग सम्बन्धित विषयमा अख्तियारमा मुद्दा चलिरहेको जानकारी दिए। उनले लेखापरीक्षणको काम सम्पन्न भएपछि प्रधानाध्यापक परिवर्तनको प्रक्रिया अघि बढ्ने बताए।

विद्यालयको रकम, भवन निर्माण खर्च, लेखापरीक्षण, सामाजिक लेखापरीक्षण तथा व्यवस्थापन समितिको निर्णय कार्यान्वयनसम्बन्धी विषयमा निष्पक्ष छानबिन गरी यथार्थ सार्वजनिक गर्न स्थानीय अभिभावक, सरोकारवाला तथा विद्यालय व्यवस्थापन समितिले माग गरेका छन्।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...