रामेछाप । एघार दिनदेखी हराइरहेका फुर्बा तामाङको खोजी कार्यमा जुटेका आफन्तहरुले उनलाई नभेटेपछि प्रहरीलाई खोजी कार्यमा सहयोग गरिदिन माग गरेका छन् ।
लिखु तामाकोशी गाउँपालिका–३ विजुलीकोट फलाटेका ४७ वर्षिय फुर्बा गत पुस २५ गतेवाट हराएका हुन । घरवाट निस्केका फुर्वा केही दुईदिनसम्म पनि घर नफर्किएपछि उनको खोजीमा आफन्तहरु लागेका हुन् ।
परिवारले खोजी गर्ने क्रममा नातागोता, आफन्त लगाएतकोमा समेत पुगेका थिए । आफन्तहरुकोमा समेत उनलाई कहीँ नभेटेपछि प्रहरीलाई खोजि कार्यमा सहयोग पुर्याईदिन अनुरोध गरेसँगै प्रहरीले पनि खोजी कार्यलाई तिव्रता दिएको जिल्ला प्रहरी कार्याल रामेछापले जनाएको छ ।