फुलासीमा ब्यवसाहिक रुपमा बाख्रा पालन

Written by meropradesh creator

१८ भाद्र २०७८, शुक्रबार

रामेछाप । मन्थली नगरपालिका वडा नं १३ फुलासी चुहानटारका किसान खिमबहादुर अधिकारीले व्यवसायिक रुपमा बाख्रा पालनको शुरुवात गरेका छन् ।

रोजगारीको लागि काठमाण्डौं हानिएका अधिकारीले त्यहाँ पनि केही प्रगती गर्न नसकेपछि गाउँमै फर्किएर व्यवसायिक रुपमा बाख्रा पालनको शुरुवात गरेका हुन् । अहिले उनले नमुना कृषि तथा पशु फर्म दर्ता गरि जमुनापारी क्रस र बोयर जातका गरि ५० वटा बाख्रा पाल्दै आएका    छन् । आफ्नै जमिनमा प्रसस्त मात्रामा डाले घाँस भएकाले बाख्रा पालन गर्न उनलाई सहज भएको हो ।


बाख्राबाट जन्मिएका पाठापाठीको गाउँमै अत्याधिक माग रहेकाले फर्मवाट उत्पादित बाख्रा र बोका गाउँमै पुर्याउन नसकिएको किसान अधिकारी बताउँछन् । पाठापाठीको माग गाउँघरमै धेरै माग छ । माग अनुसारको पाठापाठी नै पुग्न सकेको छैन् । फर्मलाई थप वढाएर अरु पनि बाख्रा थप्ने लक्ष्य लिएको उनले बताए ।

तीन लाखको लगानीमा शुरुवात गरेको नमुना बाख्रा फर्ममा अहिले २० लाख बराबरको बाख्रा तथा बोका रहेका छन् । उनले फर्मवाट उत्पादित बाख्राका पाठापाठी बिक्रीवाट बार्षिक ३ देखी ५ लाख रुपैयाँसम्म घरमै बसिबसि कमाई हुने गरेको छ । किसान अधिकारीले पालेका बाख्रा उत्कृष्ठ देखेपछि मन्थली नगरपालिकाले युवालक्षित कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँ नगद सहित पुरस्कार समेत पाएका छन् । नगरपालिकाले उत्कृष्ठ पशुपालक किशान भनेर सम्मान गर्दा आफुलाई ज्यादै खुशि लागेको अधिकारी बताउँछन् ।


उनले पशुपालनको अलावा तरकारी खेती समेत गर्दै आएका छन् । कृषि र पशुपालन दुवै पेशा अंगालेका अधिकारीलाई उनकी श्रीमती बिन्दा अधिकारी र दुईवटी छोरीले समेत सहयोग गर्दै आएका छन् । दुवै पेशा एकजनाले भ्याउँनै गाह्रो हुन्छ । त्यसैले पढन् विद्यालय जानु अघि दुईवटी छोरीले घाँस काटेर ल्याइदिन्छन् वाँकी काम आफुले श्रीमान्लाई सहयोग गर्दै आएको बिन्दा बताउँछिन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

रामेछाप । रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत (खड्का) सर्वसम्मत अध्यक्षमा निर्वाचित बनेकी छिन् । चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट महतको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।  शनिवार मन्थलीमा भएको...

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

रामेछाप । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१मा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको छ । शनिवार मन्थलीमा भएको २३ औ वार्षिक साधारण सभाको अवसरमा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदन कोषाध्यक्ष रमेश ढुङ्गेलले...

सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

रामेछाप । रामेछाप जिल्लामा रहेका सरकारी कार्यालयहरूको वित्तीय प्रगति अत्यन्तै कमजोर रहेको छ । आर्थिक वर्ष सुरु भएको आठ महिना बितिसक्दा सम्म रामेछापको विकासे कार्यालयको वित्तीय प्रगति ५ प्रतिशत भन्दा बढी हुन सकेको देखीदैन् । जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रवार...