फुलासीमा ब्यवसाहिक रुपमा बाख्रा पालन

Written by meropradesh creator

१८ भाद्र २०७८, शुक्रबार

रामेछाप । मन्थली नगरपालिका वडा नं १३ फुलासी चुहानटारका किसान खिमबहादुर अधिकारीले व्यवसायिक रुपमा बाख्रा पालनको शुरुवात गरेका छन् ।

रोजगारीको लागि काठमाण्डौं हानिएका अधिकारीले त्यहाँ पनि केही प्रगती गर्न नसकेपछि गाउँमै फर्किएर व्यवसायिक रुपमा बाख्रा पालनको शुरुवात गरेका हुन् । अहिले उनले नमुना कृषि तथा पशु फर्म दर्ता गरि जमुनापारी क्रस र बोयर जातका गरि ५० वटा बाख्रा पाल्दै आएका    छन् । आफ्नै जमिनमा प्रसस्त मात्रामा डाले घाँस भएकाले बाख्रा पालन गर्न उनलाई सहज भएको हो ।


बाख्राबाट जन्मिएका पाठापाठीको गाउँमै अत्याधिक माग रहेकाले फर्मवाट उत्पादित बाख्रा र बोका गाउँमै पुर्याउन नसकिएको किसान अधिकारी बताउँछन् । पाठापाठीको माग गाउँघरमै धेरै माग छ । माग अनुसारको पाठापाठी नै पुग्न सकेको छैन् । फर्मलाई थप वढाएर अरु पनि बाख्रा थप्ने लक्ष्य लिएको उनले बताए ।

तीन लाखको लगानीमा शुरुवात गरेको नमुना बाख्रा फर्ममा अहिले २० लाख बराबरको बाख्रा तथा बोका रहेका छन् । उनले फर्मवाट उत्पादित बाख्राका पाठापाठी बिक्रीवाट बार्षिक ३ देखी ५ लाख रुपैयाँसम्म घरमै बसिबसि कमाई हुने गरेको छ । किसान अधिकारीले पालेका बाख्रा उत्कृष्ठ देखेपछि मन्थली नगरपालिकाले युवालक्षित कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँ नगद सहित पुरस्कार समेत पाएका छन् । नगरपालिकाले उत्कृष्ठ पशुपालक किशान भनेर सम्मान गर्दा आफुलाई ज्यादै खुशि लागेको अधिकारी बताउँछन् ।


उनले पशुपालनको अलावा तरकारी खेती समेत गर्दै आएका छन् । कृषि र पशुपालन दुवै पेशा अंगालेका अधिकारीलाई उनकी श्रीमती बिन्दा अधिकारी र दुईवटी छोरीले समेत सहयोग गर्दै आएका छन् । दुवै पेशा एकजनाले भ्याउँनै गाह्रो हुन्छ । त्यसैले पढन् विद्यालय जानु अघि दुईवटी छोरीले घाँस काटेर ल्याइदिन्छन् वाँकी काम आफुले श्रीमान्लाई सहयोग गर्दै आएको बिन्दा बताउँछिन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...