रामेछाप । घाँस झार्ने क्रममा रुखबाट लड्दा गोकुलगंगा गाउँपालिका वडा नं–६ फर्पुका ८२ बर्षिय दिपवहादुर खड्काको बिहिवार ज्यान गएको छ । घर नजिकैको बारीको कान्लामा रहेको कुटमिराको रुखमा चढेर घाँस झार्ने क्रममा उनी लडेर भुइमा पछारिएका थिए । घटनास्थलबाट उद्धार गरि खड्कालाई उपचारको लागि सदरमुकाम मन्थलीमा रहेको तामाकोशी अस्पतालमा भर्ना गरिएको थियो । तामाकोशी अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि उनलाई काठमाण्डौं रिफर गरिएको थियो ।
काठमाण्डौं लैजाने क्रममा उनको बिच वाटोमा नै ज्यान गएको गोकुलगंगा गाउँपालिका वडा नं–६ फर्पुका वडा अध्यक्ष चन्द्रबहादुर सुनुवारले जानकारी दिए । मृतक खड्काको बिहिवार नै काठमाण्डौंको पशुपतिमा अन्तेष्टी गरिएको छ ।