रामेछाप । गोकुलगंगाा गाउँपालिका –४ बेताली काफ्लेटोलका ५४ वर्षीय भिमे सार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । २०७१ साल चैत ९ गते दाङको तुल्सीपुर नगरपालिका–१० घर भएका द्रोण बहादुर सेनलाई इँटाले टाउकोमा प्रहार गरी हत्या गरेर फरार रहेका सार्कीलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको हो । द्रोण बहादुर सेनको काठमाडौं महानगरपालिका–१० धोबी खोलाको सिम्रिक पुल मुनी मृत अवस्थामा शब फेला परेको थियो । भिमे सार्की ललितपुर कुमारीपाटीमा डेरा गरी रहेका थिए भने द्रोण बहादुर सेन काठमाडौं महानगरपालिका–१० धोबी खोलामा डेरा गरि बस्न साथी रहेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानको क्रममा प्रहरीले सेनको हत्यामा भिमे सार्की संलग्न रहेको भन्दै उनको खोजी गरेको थियो । घटना पश्चात् उनी भारतको राजस्थानमा लुकिछिपी बस्दै आएकोमा पछिल्लो समय काठमाडौं आई लुकिछिपी बसेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको उक्त महाशाखाले जनाएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...