मन्थली- रामेछाप कारागारले जेनजी आन्दोलनका बेला देशभरका विभिन्न जेलबाट फरार भएका कैदीबन्दीलाई फर्किन आग्रह गरेको छ ।कारागारले एक सूचना जारी गर्दै असोज २० गतेभित्र नजिकैको कारागार वा प्रहरी कार्यालयमा सम्पर्क गर्न फरार कैदीबन्दीलाई आग्रह गरेको हो ।
तोकिएको समयमा नआए कारागार ऐन, २०७९ अनुसार कानुनी कारबाही हुने कारागार प्रशासनले जनाएको छ।कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिमाथि पनि सोही ऐनअनुसार कारबाही गरिने चेतावनी सूचनामार्फत दिइएको छ।
रामेछाप कारागार प्रमुख रुपक मण्डलका अनुसार तोकिएको मितिभित्र सम्पर्क गर्ने कैदीलाई रामेछाप कारागारमै राख्ने व्यवस्था मिलाइनेछ। उहाँले परिवार, छिमेकी, समुदाय, नागरिक समाज, पत्रकार र व्यवसायी सबैलाई फरार कैदीबारे जानकारी दिन आग्रह गर्नुभयो। सूचना दिने व्यक्तिको नाम गोप्य राखिने उहाँले बताउनु भयो ।










