फोनिजको काभ्रेमा तीन दिने पत्रकारीता तालिम शुरु

Written by meropradesh creator

२४ चैत्र २०७९, शुक्रबार

काठमाण्डौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज काभ्रे शाखाले ३ दिने खोज पत्रकारिता र डिजिटल मिडिया सम्बन्धी तालिम शुरु गरेको छ । तिन दिन सम्म सञ्चालन हुने तालिमको उदघाटन गर्दै रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले समावेशी र पहिचानको मुद्दा ओझेल पर्दै गएको अवस्थामा तालिमले जनजातिको पक्षमा कलम चलाउन सहयोग पुग्ने बताउनुभयो ।

अध्यक्ष लामाले भोलिका दिनमा पनि यस्ता कार्यक्रमलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै लामाले आदिवासी जनजातिहरुको पहिचान, भाषा तथा संस्कृतिको खोज र अनुसन्धानका लागि आगामी पुस्ताले सिक्नुपर्ने थुप्रै विषयहरुलाई समेटेर तालिम आयोजना गरिएकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो । पछिल्लो समय प्रविधिका कारण भाषा र संस्कृति लोप हुँदै गएको, पहिचान हराउँदै गएको तथा आदिवासी जनजातिहरू झन् पछि पर्दै गएको अवस्थामा फोनिज काभ्रेले बदलिँदो अवस्थाको डिजिटल माध्यमसँग खोज पत्रकारिता आयोजना गरेर नयाँ पुस्तालाई जानकारी गराउनु सहनिय भएको बताउनु भयो । पालिका अध्यक्ष लामाले तालिमले जनजाति समुदायको सवालमा काम गर्न थप हौसला प्रदान गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा फोनिजका केन्द्रीय उपाध्यक्ष अमरध्वज लामाले फोनिजलाई जातिवादी संगठनका रुपमा नहेर्न अनुरोध गर्नु भयो । पत्रकार महासंघ तथा राजनीतिक दलका भातृ संगठनहरुले समेत फोनिजलाई फरक ढंगबाट हेरेको बताउँदै लामाले पत्रकारिताको माध्यमबाट आदिवासी जनजातिहरुका समस्या, पहिचानको मुद्दा तथा आयआर्जनमा जोड्ने गरी खोज पत्रकारिता गर्न तालिम महत्त्वपूर्ण हुने बताउनु भयो । लामा फोनिज काभ्रेको संस्थापक अध्यक्ष समेत हुन् । त्यसै गरी फोनिज बागमती प्रदेशका अध्यक्ष युबराज श्रेष्ठले सञ्चार गृहहरुको अवस्था दैनिक कम्जोर हुदै गएको भन्दै अब पर्यटन प्रर्बद्धन र बिकास संग जोडेर परक ढंग बाट अब कलम चलाउन पर्ने बताए ।

तालिमको उद्घाटन कार्यक्रममा रोशी गाउँपालिकाका वडा अध्यक्षहरु श्रीदास लामा, अशोक कुमार गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, फोनिजका इन्चार्ज पेमा लामा, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठनका अध्यक्ष सन्तोष चौलागाई लगायतले तालिमले खोज पत्रकारितामा सहयोग पुग्ने अपेक्षा सहितको शुभकामना राखेका थिए । कार्यक्रम जिल्ला अध्यक्ष इन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव सुरज श्रेष्ठले संचालन गरेका थिए । उपाध्यक्ष कृष्णबहादुर लामाले स्वागत मन्तव्य राख्नुहुँदै तालिमको आवश्यकताका बारेमा जानकारी गराएका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

अन्ततः लिखु तामाकोशी गाउँपालिका र श्वेत गंगा हाइड्रोपावरबिच सडक निर्माणका क्रममा उत्पन्न विवाद मिलेको छ। गाउँपालिकाको वडा नम्बर २ मा भएको विवाद समाधान गर्दै दुवै पक्षबिच आपसी सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार हाइड्रोपावरको पेनस्टक पाईप पछाडि रहेको खहरे खोलाको...