फोनिज रामेछापको स्थापना दिवस सम्पन्न ः फोनिज पत्रकारिता पुरस्कार बाट पत्रकार पथिक र श्रेष्ठ सम्मानित

२८ श्रावण २०८१, सोमबार

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) जिल्ला शाखा रामेछापले आफ्नो २५ औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ । फोनिज रामेछापले २५ औँ स्थापना दिवसका अवसरमा जिल्लाका दुई जना सक्रिय पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ ।

 रामेछाप नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा खोज पत्रकारिता वर्ष पुरस्कारबाट पत्रकार नवराज पथिक र उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कारबाट तुलसीदेवी श्रेष्ठलाई सम्मान गरिएको हो । श्रेष्ठलाई नगद रु १० हजार सहित र पथिकलाई नगद रु ५ हजार सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि ऊर्जा जलश्रोत तथा सिँचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ(कान्छाराम)ले सम्मान पत्र प्रदान गर्नुभयो । सम्मानित पथिक राष्ट्रिय तथा स्थानीय विभिन्न सञ्चार माध्यममा सक्रिय रूपमा पत्रकारिता गर्दै आउनु भएको छ भने श्रेष्ठ रेडियो तिफदीमा लामो समय देखी क्रियाशील रूपमा काम गर्दै आउनुभएको छ ।

फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

रामेछाप— नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रामेछापबाट १२ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन् । यसअघि कुल ६७ जना नेताहरुले उम्मेदवारी दर्ता गरे पनि अन्ततः सहमतिमै प्रतिनिधि छनोट टुंगो लागेको एमाले रामेछापले जनाएको छ ।खुला समूहमा दर्ता भएका ३४...

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछाप— रामेछाप नगरपालिका–८ स्थित टुडिखेलमा सम्पन्न आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस वर्ष गौरीशङ्कर माध्यमिक विद्यालय रामेछाप समग्र च्याम्पियन बनेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा विद्यालयले उत्कृष्ट खेलकुद प्रदर्शन र सर्वाधिक पदक जित्दै सबैको ध्यान...

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

रामेछाप । जेसिज रामेछापले वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ ।सभाबाट कुमार श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको छ । नेतृत्व चयनसँगै जेसिजले नयाँ ऊर्जा र योजनासहित आगामी वर्षका कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।नया कार्यकारिणीमा कार्यकारिणी...