रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)रामेछापबाट सुमित श्रेष्ठ र रिता मगर सम्मानित भएको छ । फोनिजको २४ औँ स्थापना दिवसको अवसरमा फोनिज रामेछापले हरेक वर्ष प्रदान गदै आएको खोज पत्रकारिता वर्ष पुरस्कार २०८० बाट पत्रकार सुमिति श्रेष्ठ र उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार २०८० बाट रिता मगरलाई सम्मानित भएको हो ।
शनिवार फोनिजको २४ औ स्थापना दिवसका अवसरमा मन्थलीमा आयोजना गरिएको सम्मान कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ र फोनिज वाग्मती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले पत्रकार श्रेष्ठलाई नगद पाँच हजार रुपैयाँ र मगरलाई नगद दश हजार रुपैयाँ सहित दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरेका हुन ।
फोनिज रामेछापले हरेक वर्ष फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार अन्तरगत पाँच हजार रुपैयाँ नगद, प्रमाणपत्र र दोसल्ला सहित एक जना र उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार अन्तरगत दश हजार रुपैयाँ नगद, प्रमाणपत्र र दोसल्ला सहित एक जना पत्रकारलाई सम्मान गर्दै आएको छ ।
कार्यक्रम फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षता, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ र फोनिज वाग्मती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठको विशेष आतिथ्ययतामा भएको हो ।