फोनिज रामेछाप द्वारा पत्रकार भट्ट र श्रेष्ठ सम्मानित

Written by meropradesh creator

२७ श्रावण २०७९, शुक्रबार

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले पत्रकार द्वय टिका प्रसाद भट्ट र नवराज श्रेष्ठलाई सम्मान गरेको छ । फोनिजले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा रामेछाप स्थित कान्तिपुर दैनिकका उप सम्पादक टीकाप्रसाद भट्ट र गोरखापत्र राष्ट्रिय दैनिक ग्यालेक्सी फोरके टेलिभिजनका जिल्ला सम्बाददाता नवराज श्रेष्ठलाई सम्मान गरेको हो । पत्रकार भट्टलाई जनजाति खोज पत्रकारीता बर्ष २०७९ बाट नगद पुरस्कार सहित सम्मान पत्रले सम्मान गरेको छ । साथै आदिवासी जनजाति उत्कृष्ठ पत्रकारको रुपमा नगद पुरस्कार सहित पत्रकार नवराज श्रेष्ठलाई सम्मान गरीएको छ ।


फोनिज जिल्ला अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार मन्थलीमा भएको पुरस्कार तथा सम्मान कार्यक्रममा फोनिजका बाग्मति प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, रामेछाप नगरपालिकाकी उप प्रमुख बालकुमारी कार्की थापा र मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी वस्नेतले उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन ।
खोजि पत्रकारीता क्षेत्रमा पुरस्कृत भएका भट्ट २०४९ साल देखि कान्तिपुर दैनिकमा रहेर क्रियाशिल हुदै आएका छन् । यसैगरी जनजाति उत्कृष्ठ पुरस्कार प्राप्त गरेका श्रेष्ठ फोके टेलिभिजन लगाएत विभिन्न संचार माध्यममा क्रियाशिल छन । श्रेष्ठ फोनिज रामेछापका नि वर्तमान अध्यक्ष समेत हुन ।


कार्यक्रममा आदिबासी जनजाति पत्रकार महासंघका बाग्मती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, नेकपा एमाले जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ, रामेछाप नगरपालिकाकी उप प्रमुख बालकुमारी कार्की थापा, मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी वस्नेत, नेपाल पत्रकार महासंघका बाग्मती प्रदेश कोषाध्यक्ष रमेश ढुंगेल, जिल्ला अध्यक्ष बद्री नयाँघरे, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरे, जनजाति महासंघ जिल्ला सचिव श्रीवहादुर माझी, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष अप्रिल अधिकारी, प्रेस चौतारी नेपालका रामेछाप इन्चार्ज युनिक विफा घिसिङ, सम्मानित पत्रकाहरु टीका प्रसाद भट्ट र नबराज श्रेष्ठले पत्रकारीताको क्षँत्रबाट जिल्लाको विकास निर्माण र सामाजिक मुद्धाहरुलाई निष्पक्ष ढंगले उठाउनु पर्नेमा जोड दिएका थिए । समाजका सकरात्मक र नकरात्मक कुरालाई पत्रकारहरुले समान आँखाले हेर्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए । कार्यक्रममा पत्रकार सुमित श्रेष्ठले आदिवासी जनजाति पत्रकारहरुको विविध पक्ष समेटेर कार्यपत्र प्रश्तुत गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...