फोनिज पत्रकारीता पुरस्कार द्वारा श्रेष्ठ सम्मानित

Written by meropradesh creator

२७ श्रावण २०७८, बुधबार

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले २२ औं स्थापना दिवसको अवसरमा युबराज श्रेष्ठलाई सम्मान गरेको छ । फोनिज रामेछापले प्रत्यक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा उत्कृष्ट आदिवासी जनजाती वर्ष पुरस्कार वितरण गर्दै आएको छ ।
फोनिजको २२ औँ स्थापना दिवस बुधबार खाँडादेवी गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी फोनिज बागमती प्रदेशका उपाध्यक्ष समेत रहेका पत्रकार श्रेष्ठलाई नगद पाँच हजार सहित दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको हो । पत्रकार श्रेष्ठलाई खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगाएले दोसल्ला ओढाएर सम्मान प्रदान गरेका हुन ।


श्रेष्ठ विगत १५ वर्ष देखी पत्रकारीतामा क्रियासील रहदै आएका छन् । नेपाल आदिवासि जनजाती पत्रकार महासंघ वागमती प्रदेश उपाध्यक्ष समेत रहेका श्रेष्ठ पत्रकार महासंघ रामेछाप शाखाका कोषाध्यक्ष समेत हुन । श्रेष्ठ न्युज २४ टेलिभिजनका जिल्ला सम्बाददाता, झंकार एफ एम ९७.५ मेगाहर्ज र मेरोप्रदेश डट.कमका प्रबन्ध निर्देशक समेत हुन् । समाज रुपान्तरणमा महत्वपुर्ण भुभिका निर्वाह गरेको संस्थाको आन्तरिक मुल्याङ्कनको आधारमा २२ औं स्थापना दिवसको अवसरमा श्रेष्ठलाई सम्मान गरेको फोनिज रामेछापका अध्यक्ष नवराज श्रेष्ठले बताए । प्रदेश उपाध्यक्ष समेत रहेका श्रेष्ठले जिल्ला शाखामा रहेर समेत महत्वपुर्ण भुमिका खेलेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
कार्यक्रममा खाडाँदेवी गाउँपालिका अध्यक्ष तामाङले फोनिजले पत्रकारहरुको अन्य संगठनहरुले भन्दा नयाँ र फरक काम गरेर देखाउनुपर्ने बताए । अब पत्रकारहरुले लेख्ने सामाचार खोजमूलक हुनुपर्ने भन्दै फोनिजमा आवद्ध पत्रकारहरुले खोजमूलक पत्रकारिता गरेर फरक पहिचान बनाउनुपर्छ अध्यक्ष तामाङले भने ।


गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले पत्रकारहरुले सही कुरालाई विश्लेषण गरेर समाचार मार्फत नागरिकलाई सुसूचित गराउनु पर्ने बताए । उपाध्यक्ष श्रेष्ठले खोजमूलक पत्रकारितामा जोड दिन फोनिजमा आवद्ध पत्रकारलाई आग्रह समेत गरे । नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले फोनिजले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कारले पत्रकारहरुलाई थप क्रियासिल बनाएको बताए । नेपाल पत्रकार महासंघ बागमती प्रदेश सदस्य ज्ञानु श्रेष्ठ, प्रेस चौतारी नेपल रामेछापका अध्यक्ष युनिक विफा घिसिङ, प्रेस सेन्टर रामेछापका संयोजक निरोज श्रेष्ठ, राष्ट्रिय दलित पत्रकार महासंघ नेपाल रामेछापका अध्यक्ष लेख बहादुर विक सहित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
उत्कृष्ट आदिवासी जनजाति पत्रकारीता वर्ष पुरस्कार २०७८ वितरण तथा चियापान कार्यक्रम फोनिज रामेछापका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षता र खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । (फोनिज) रामेछापले पत्रकार सुमित श्रेष्ठको सहयोगमा स्थापना गरेको अक्षयकोष मार्फत हरेक वर्ष एक जना आदिवासी जनजाति पत्रकारलाई उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...