फोनिज काठमाडौं शाखा अन्तरसंवादमा स्थानीय सरकारको आग्रह : सत्य समाचारले समृद्धि सम्भव हुन्छ

२६ श्रावण २०८२, आईतवार

काठमाडौँ, साउन २४ — स्थानीय सरकारका प्रतिनिधिहरूले मिडियालाई सत्य, सन्तुलित र तथ्यपूर्ण समाचार प्रकाशन गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सहकार्य गर्न आग्रह गरेका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) काठमाडौं शाखाले शनिबार राजधानीमा आयोजना गरेको ‘अधिकार र पहिचानका लागि जनजाति पत्रकारको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा सहभागी प्रतिनिधिहरूले यस्तो धारणा राखेका हुन्।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले उपमेयरलाई अधिकार सीमित भएको उल्लेख गर्दै आदिवासी विषयमा काम गर्न खोज्दा अवरोध र विभेद हुने गरेको अनुभव सुनाइन्। उनले आदिवासी पत्रकारसँग नगरपालिकाले समन्वय र सहकार्य गर्नुपर्ने सुझाव दिँदै कतिपय सूचनाहरू पत्रकारहरूले आफैं खोज्नुपर्ने पनि बताइन्।

शङ्खरापुर नगरपालिकाकी उपप्रमुख समिता श्रेष्ठले आदिवासी र गैर–आदिवासी दुवै प्रकारका पत्रकारसँग समन्वय भइरहेको जनाउँदै प्रस्तावसहित सहकार्य गर्न आएमा आर्थिक सहयोग गर्न सहज हुने धारणा राखिन्। उनले आदिवासी पत्रकारको हकहितका लागि आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामाले पत्रकारहरूले नगरपालिकाको गतिविधि जनतासम्म पुर्‍याउने महत्वपूर्ण भूमिका खेलिरहेको बताउँदै गलत सूचनाका कारण कहिलेकाहीँ समस्या सिर्जना हुने गुनासो सुनाइन्।

फोनिजका संघीय अध्यक्ष लक्की चौधरीले पत्रकारितामा केही विकृति भए पनि समग्र क्षेत्र जिम्मेवार रहेको बताए। उनले गलत समाचारका कारण जनतामा भ्रम फैलिन सक्ने भएकाले पत्रकारहरू सधैं गल्ती सच्याउन तयार रहनुपर्नेमा जोड दिए।

बौद्ध गुरु कोसिस लामाले केवल पत्रकार उत्पादन मात्र नगरी उनीहरूको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने सुझाव दिए। उनका अनुसार दक्ष र सक्षम पत्रकार भए मात्र पत्रकारिता जिम्मेवार र प्रभावकारी बन्छ।

फोनिज काठमाडौं शाखाका अध्यक्ष भीम लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोनिज बागमती प्रदेशका महासचिव राजु नापित, प्रदेश इञ्चार्ज सुरेन्द्रभक्त श्रेष्ठसहित जिल्ला शाखाका पदाधिकारी र सदस्यहरूको सहभागिता थियो।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई हल्का रूपमा लिनु देशका लागि घातक हुन सक्ने बताएका छन्। उनले संविधान संशोधन आवश्यक भए पनि त्यसका संवेदनशील पक्षलाई गम्भीरतापूर्वक बुझेर मात्र अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।...