रामेछाप । प्रतिनिधि सभाका सांसद एवं नेपाली काँग्रेस रामेछापका सभापति पूर्णबहादुर ( कान्छाराम ) तामाङ्गले पहिरोमा परि मृत्यु भएकाको परिवारलाई राहत रकम उपलब्ध गराउनु भएको छ । गत बिहिबार रााति रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुमा स्थानीय बिमा तामाङ्गको घर माथिबाट आएको पहिरोले पुरेर घर भित्र आगो ताप्दै गरेका ३ जना किशोरीको मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा १७ बर्षकी सिता तामाङ्ग, १४ बर्षकी आसिका तामाङ्ग र १३ बर्षकी लक्ष्मी तामाङ्ग रहेका थिए ।
सांसद तामाङ्गले मृतकका आफन्तहरु बिमान तामाङ्ग, पदम तामाङ्ग र पेमा तामाङ्गलाई सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । कार्यक्रमा नेपाली काँग्रेस उपसभापति लेखबहादुर कार्की सहित नेपाली काँग्रेसका जिल्ला तहका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । पिडित परिवारले आफुहरुको बसोबास सुरक्षित स्थानतर्फ सर्नु पर्ने भएकाले बिद्युत लगायतको सुविधा व्यबस्थापनका लागि सांसद तामाङ्गसंग अनुरोध गरेका छन् । उक्त वडाका वडा अध्यक्ष चन्द्र सुनुवारले पिडित तथा बिस्तापित परिवारको व्यबस्थापनका लागि गाउँपालिका र वडाले काम अगाडि बढाएको जानकारी दिनु भयो ।