पहिलो पटक ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’गर्दै प्रेस युनियन

२६ बैशाख २०८२, शुक्रबार

काठमाडौं । नेपाल प्रेस युनियनले पहिलो पटक ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गरेको छ । राजधनी काठमाण्डौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रेस युनियन वैशाख २७ देखि ३० गतेसम्म समिट गर्न लागेको जानकारी दिएको छ ।
समिट २७ गते काठमाडौ देखि पोखरा हुँदै मुस्ताङसम्म चल्ने प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिए । समिटमा विश्वको बद्लिदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती, दक्षिण एसियामा मिडियाले भोग्न परेका समस्या र यस क्षेत्रमा पत्रकारिताको प्रभावका बारेमा छलफल हुनेछ । समिटमा दक्षिण एसियासहित विभिन्न ६ मुलुकबाट आएका विषय विज्ञहरुले कार्यपत्र समेत प्रस्तुत गर्नेछन् ।
समिटमा नेपाली पत्रकारितामा पत्रकारहरुले भोग्न परेका कठिनाई, अवसर र चुनौतीका बारेमा छलफल गरि सुझाव सहितको निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ । वैशाख २७ गते ललितपुरको होटल हिमालयमा विहान ९ बजे समिटको औपचारिक समुदघाटन हुनेछ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सव्वा गरुङ, परराष्ट्र मन्त्री डा.आरज राणा देउवा लगायतको सहभागिता रहनेछ ।
उद्घाटन समारोहपछि राजधानीमा ‘राजनैतिक दल, नागरिक समाज लोकतन्त्र र पत्रकारिता को कति नजिक को कति टाढा’ भन्ने विषयलाई केन्द्रमा राखेर प्रस्तुती तथा बहस हुनेछ । सो बहसपछि विदेशी पत्रकारसहित करिव एक सय ५० जना पत्रकार काठमाडौदेखि पोखरा हुँदै मुस्ताङको लोमन्थाङसम्मको यात्राको लागी निस्किनेछन् ।

समिटको दोस्रो दिन पर्यटकीय नगरी पोखरामा तीन वटा विषयगत सेसनमा प्रस्तुती तथा बहस हुनेछ । उक्त दिन पहिलो सत्र ‘जलवायु संकट र पत्रकारिता’, दोस्रो सत्रमा ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ र तेस्रो सत्रमा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा प्रस्तुती तथा छलफल हुनेछ ।
त्यसैगरी समिटको तेस्रो दिन पोखरादेखि मुस्ताङस मिडिया यात्रा हुन्छ भने चौथो दिन मुस्ताङको जोमसोममा स्थानीय बासिन्दाको सहभागीतामा ‘जलवाय संकटमा मिडियाको भूमिका’ बारेमा बृहत अन्तक्रिया हुनेछ । सोही दिन लोमान्थाङ घोषणा पत्र जारी गरि कार्यक्रम सम्पन्न गर्ने योजना रहेको जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रअमा  प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

रअमा प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...