पहिले संसदीय दल नेता, त्यसपछि मात्रै मन्त्रीको टुंगो लगाउने रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार गठन र सम्भावित मन्त्रीको नामबारे अहिले नै हतार नगर्न आग्रह गर्दै पहिले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाइने जनाएको छ। दलका नेताहरूले संसदीय दलको नेतृत्व टुंगो लागेपछि मात्रै मन्त्रीको नाम र मन्त्रालय बाँडफाँटबारे औपचारिक छलफल हुने स्पष्ट पारेका छन्।

पार्टीभित्र पछिल्ला दिनमा सम्भावित मन्त्रीका नाम सार्वजनिक हुँदै विभिन्न अड्कलबाजी भइरहेका बेला रास्वपाका नेताहरूले त्यसलाई हतारो र आधारहीन टिप्पणीको रूपमा लिएका छन्। पार्टी नेतृत्वका अनुसार अहिलेको प्राथमिकता समानुपातिक तर्फका सांसदहरूको नाम अन्तिम गर्ने र संसदीय दलको नेता चयन गर्ने प्रक्रियालाई टुंग्याउनु हो।

प्रधानमन्त्रीका रूपमा प्रस्तावित गरिएका वरिष्ठ नेता बालेन शाह हाल चुनावी दौडधुपपछि आराम गरिरहेका छन्। लगातारको यात्राका कारण उनी हल्का बिरामी रहेका छन्। उनी पार्टी सभापति रवि लामिछानेलाई भेट्न बिहीबार निवास पुगेका थिए। लामिछाने पनि स्वास्थ्यलाभको क्रममा रहेकाले दुवै नेताले हाल बाहिरी भेटघाटलाई सीमित गरेका छन्।

बालेननिकट स्रोतका अनुसार सभापति लामिछाने र बालेनबीच आगामी सरकार गठनको सम्भावित खाकाबारे सामान्य कुराकानी भए पनि मन्त्रीहरूको नाम र जिम्मेवारी बाँडफाँटबारे औपचारिक छलफल सुरु भइसकेको छैन। सामाजिक सञ्जालमा विभिन्न मन्त्रालयका सम्भावित नामहरू सार्वजनिक भइरहे पनि त्यसमा पार्टी नेतृत्वले कुनै निर्णय नगरेको उनीहरूको भनाइ छ।

रास्वपाले यसपटक करिब १२ देखि १३ सदस्यीय मन्त्रिपरिषद् गठन हुन सक्ने संकेत गरेको छ। तर को–को कुन मन्त्रालयमा जाने भन्ने विषयमा अहिले नै निष्कर्षमा पुग्ने अवस्था नरहेको नेताहरूले बताएका छन्।

यसबीच अर्थमन्त्रीका रूपमा पूर्वअर्थसचिव रामेश्वर खनालको नाम चर्चामा आए पनि बालेन टिमले त्यसलाई पूर्ण रूपमा निराधार हल्ला भएको जनाएको छ। पार्टी स्रोतका अनुसार मन्त्री चयन संविधानअनुसार हाल निर्वाचित सांसदहरूमध्येबाटै गरिनेछ।

निर्वाचन आयोगले समानुपातिक सूची अन्तिम गरेपछि राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ। त्यसपछि मात्रै संसदीय दलको नेता चयन, अनि सम्भावित मन्त्रीबारे पार्टीभित्र औपचारिक छलफल सुरु हुने रास्वपाका नेताहरूले बताएका छन्।

पार्टी नेतृत्वले विशेष परिस्थितिमा सम्पन्न भएको चुनावले दिएको जनमतलाई गम्भीरतापूर्वक बुझ्नुपर्ने भन्दै अनावश्यक अनुमान र टिप्पणीमा नअल्झिन कार्यकर्ता तथा आकांक्षीहरूलाई सचेत गराएको छ। उनीहरूका अनुसार सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच हुने सहमतिकै आधारमा पार्टीले आगामी निर्णयहरू संस्थागत गर्नेछ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...