काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदाथका साथै खाना पकाउने ग्यासको मूल्य फेरी वृद्धि गरेको छ । आयल निगमलले बुधवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल ,डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको छ । आयल निगमलले राति १२ बजेदेखि लागू हुने नयाँ मूल्य सची तय गरेको छ अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ कायम गरेको छ । खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर १ हजार ४ सय रुपैयाँ पु¥याएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत् कायम राखेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









