२२ भदौ, काठमाडौं । राजधानीको डिल्लीबजारस्थित पद्मकन्या स्कूलको आधिकारिक वेबसाइट ह्याक गरिएको छ । ह्याक भएपछि वेबसाइटमा जेनजी प्रदर्शनसम्बन्धी प्रचार सामग्री राखिएको छ । भोलि काठमाडौंमा हुने सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध जेनजी पुस्ताले गर्न लागेको प्रदर्शनको पूर्वसन्ध्यामा वेबसाइट ह्याक भएको हो ।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि प्रयोगकर्ताहरू भीपीएनमार्फत पहुँच बनाइरहेका छन् । सरकारले भीपीएन प्रयोग नगर्न सार्वजनिक अनुरोध गरेको छ ।









