पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

१८ फाल्गुन २०८१, आईतवार

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै पार्टीको विधि विधान र पद्धतिको बेवास्ता गर्दै स्वेच्छाचारी ढङ्गबाट अगाडि बढेको आरोप लागेको जिल्ला पदाधिकारीहरूले लगाउँदै आएको छ ।

 रामेछाप काँग्रेसका उपसभापति नवराज थोकर, सचिव विनोद कार्की, सहसचिव कमल योञ्जनले कान्छारामले शक्ति सन्तुलन, भौगोलिक र समावेशी प्रतिनिधित्वलाई ख्याल नगरी पार्टीमा निरन्तर क्रियाशील इमानदार कार्यकर्तालाई बेवास्ता गर्ने, निष्ठावान् र योग्य नेता तथा कार्यकर्ताहरूमाथि गालीगलौज गरी अवमूल्यन गर्ने, केही आसेपासेको सल्लाहमा एकलौटी ढङ्गबाट राजनीतिक नियुक्ति र मनोनीत गर्ने गरेको आरोप लगाएका छन् ।

उनीहरूले पार्टी सभापति शेरबहादुर देउवासहित उपसभापति द्वय, महामन्त्री द्वय, नेता शेखर कोइरालालगायतका नेताहरूलाई बोधार्थ (जानकारी) गराई पार्टी केन्द्रीय कार्यालय सानेपामा ध्यानाकर्षण पत्र बुझाएका छन् । कान्छारामको कार्यशैलीले सङ्गठनलाई गतिशील र प्रभावकारी बनाउन पार्टीभित्र रगत र पसिना बगाएका, लोकतान्त्रिक व्यवस्था स्थापनार्थ आन्दोलनमा होमिएका कार्यकर्ताहरूको भूमिका कमजोर बनाएको उनीहरूको आरोप छ । गत पुस २७ गते काँग्रेसको एक सय दिने अभियानको क्रममा केन्द्रीय प्रतिनिधि मदन बहादुर अमात्यको प्रमुख आतिथ्यमा भएको जिल्ला कार्यसमितिको बैठकबाट निर्वाचित सदस्यहरूलाई हटाउने निर्णय भएको समेत उनीहरूले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । पत्रअनुसार १४औँ जिल्ला अधिवेशनमा मतदान प्रक्रियामार्फत जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भई हाल केही समय अगाडि वैदेशिक रोजगारीमा गएका जिल्ला कार्य समितिका सदस्यहरू मन्दिरा घिमिरे, सुशीला बुढाथोकी, अन्जु रजान मगर र सम्झना घिसिङलाई हटाउने प्रस्ताव कान्छारामले राखेका थिए । सो प्रस्ताव केन्द्रीय प्रतिनिधि अमात्यले समेत अस्वीकार गरी निर्णय पुस्तिकामा हस्ताक्षर नगरेको बताइएको छ ।

‘उक्त निर्णयप्रति हामी असहमत छौँ नोट अफ डिसेन्ट (फरक मत) लेख्छौँ’ भन्दा लेख्न नदिएपछि आफूहरू बाध्य भएर बैठकबाट बाहिरिनुपरेको नेतात्रयहरुले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । पार्टी मातहतका विभिन्न तहगत संरचना नेतृत्व तथा अन्य पदमा विविध कारणले रिक्त भएका स्थानमा सभापतिले विधान, नियमावली र केन्द्रीय परिपत्रको मर्म र भावना विपरीत आफूखुसी नियुक्ति गरेको भन्दै उनीको आपत्ति रहेको छ ।

त्यस्तै, काँग्रेसको मूल्य मान्यता र परम्परालाई बेवास्ता गर्दै पार्टी तथा भात संस्थाको कार्यक्रममा जिल्ला सभापतिको उपस्थितिमा उपसभापति लेखबहादुर कार्कीलाई कार्यवाहक सभापतिको रूपमा आसन ग्रहण गर्न लगाउने जस्ता गलत नजिर स्थापना गर्न खोजिएको पनि उनीहरूको आरोप छ । जिल्ला सभापति कान्छारामले ‘मलाई सङ्घीय सांसदको टिकट पार्टी सभापति शेरबहादुर देउवाले दिएको होइन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दिएको’ भनी पार्टीको बदनाम गरेको समेत उनीहरूको आरोप छ ।

ध्यानाकर्षण पत्रमा उल्लेख भएअनुसार कान्छारामले निर्माण व्यवसायी सङ्घ रामेछापको कार्यक्रममा ‘म काँग्रेस नभई ठेकेदार हुँ । त्यसैले आगामी निर्वाचनमा कुनै ठेकेदारले टिकट पाए पार्टी नहेरी जुनसुकै पार्टीको ठेकेदार भए पनि सहयोग गर्छु’ भन्ने अभिव्यक्तिसमेत दिएको पत्रमा उल्लेख गरिएको छ ।त्यस्तै, लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ रामेछापको जिल्ला अधिवेशनमा कान्छारामले बागमती प्रदेश कार्यसमितिका सदस्य जीतबहादुर मगरलगायत जिल्लाका नेताहरूलाई छानाछानी कुटपिट गर्न लगाएको, आफूहरूलाई उल्टै ज्यान मार्ने उद्योगमा जिल्ला अदालत रामेछापमा मुद्दा हालेर दुःख दिएको उनीहरूले बताएका छन् ।

रामेछाप काँग्रेसका नेता त्रयले कान्छारामको कार्यशैली र विधान विपरीतका गतिविधिहरू अन्त्य गरी समन्वयात्मक ढङ्गबाट अगाडि बढ्ने वातावरण निर्माण गरिदिन आग्रह गरेका छन् । कान्छारामको स्वेच्छाचारी गतिविधिहरू नरोकिए आन्दोलन गर्ने भन्दै उनीहरूले नेतृत्वको ध्यानाकर्षण गराएका छन् । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अनशन बस्नेतसमेतको उनीहरूको चेतावनी छ । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

रामेछाप— नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रामेछापबाट १२ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन् । यसअघि कुल ६७ जना नेताहरुले उम्मेदवारी दर्ता गरे पनि अन्ततः सहमतिमै प्रतिनिधि छनोट टुंगो लागेको एमाले रामेछापले जनाएको छ ।खुला समूहमा दर्ता भएका ३४...

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछाप— रामेछाप नगरपालिका–८ स्थित टुडिखेलमा सम्पन्न आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस वर्ष गौरीशङ्कर माध्यमिक विद्यालय रामेछाप समग्र च्याम्पियन बनेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा विद्यालयले उत्कृष्ट खेलकुद प्रदर्शन र सर्वाधिक पदक जित्दै सबैको ध्यान...

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

रामेछाप । जेसिज रामेछापले वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ ।सभाबाट कुमार श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको छ । नेतृत्व चयनसँगै जेसिजले नयाँ ऊर्जा र योजनासहित आगामी वर्षका कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।नया कार्यकारिणीमा कार्यकारिणी...