पार्टी प्रबेश विशेष कार्यक्रमको साथ एमाले फागुन ११ गते देखी गाउँमा

Written by meropradesh creator

३ फाल्गुन २०७८, मंगलवार

रामेछाप । नेकपा एमाले रामेछाप आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी दुई महिने विशेष अभियानका साथ फागुन ११ गते देखी गाउँ–गाउँमा जाने घोषणा गरेको छ । फागुन १ र दुई गते बसेको दोस्रो पुर्ण बैठक एवं प्रशिक्षण कार्यक्रम पछी पत्रकार सम्मेलन गरी म जिताउछु मेरो वडा हामी जिताउछौं हाम्रो गाउँपालिका भन्ने नारा सहित गाउँ–गाउँमा जाने एमालेले जनाएको छ ।


नेकपा एमालेको दुई महिने विशेष अभियान अन्र्तगत फागुन ११ गते लिखुतामाकोसी गाउँपालिका, फागुन १२ गते मन्थली नगरपालिका, फागुन १३ गते दोरम्बा सैलुङ गाउँपालिका र खाँडादेवी गाउँपालिका, फागुन १४ गते सुनापति गाउँपालिका , उमाकुण्ड गाउँपालिका र रामेछाप नगरपालिका र १५ गते गोकुलगंगा गाउँपालिकामा बैशाख ३० गते सुर्यमा मतदान नेकपा एमालेको आव्हान र अभियान कार्यक्रम सञ्चालन गर्ने एमाले रामेछापका प्रचार तथा प्रकाशन विभिाग प्रमुख प्रकाशकुमार कार्कीले बताएका छन् । कार्कीले भने यसपछि सवै पालिकाको वडा तथा टोलहरुमा अन्र्तक्रिया एवं सुझाव संकलन सभा कार्यक्रम गरी जिल्लामा बृहत आमसभा गरिनेछ । दुई दिन चलेको बैठकले नेकपा एमाले प्रतिको बढ्दो जनसमर्थनलाई ध्यानमा राखेर पार्टी प्रवेश कार्यक्रमलाई महत्व दिदै जिल्लाका टोल र वडाहरुमा अभियानकै रुपमा पार्टी प्रवेश कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठले बताए । श्रेष्ठले पत्रकार सम्मेलनमा अबको दुइमहिना सबै वडा र स्थानिय तहमा नेकपा एमालेलाई जिताउन सिङगो पार्टी लागी पर्ने बताए । सो बैठकले पार्टी स्कुल बिभाग ⁄जनसंगठन समन्वय बिभाग प्रमुखमा अध्यक्ष आनन्द कुमार श्रेष्ठ, स्थाई विकास बिभाग प्रमुखमा इन्द्र बहादुर तमाङ, संगठन बिभाग प्रमुखमा पुरुषोतम कडरिया, प्रचार तथा प्रकाशन विभिाग प्रमुखमा प्रकाश कुमार कार्की, निर्वाचन बिभाग प्रमुखमा होतराज ढकाल र वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुखमा रामप्रसाद देवकोटालाई जिम्मेवारी समेत दिएको प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रअमा  प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

रअमा प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...