पारिश्रमिक नदिएपछि मजदुरहरु अलपत्र

Written by meropradesh creator

४ जेष्ठ २०७८, मंगलवार

सन्तोष ढुङ्गेल
रामेछाप– जिल्लाको उमाकुण्ड गाउँपालिकाको लिखु खोलामा निर्माणाधिन हाइड्रोपावरले सहमति अनुसारको पारिश्रमिक नदिएपछि मजदुरहरु अलपत्र परहेका छन् । दुगर ग्रुपले निर्माण गरिरहेको लिखु १ हाइड्रोपावरले दैनिक ८ घण्टा काम गर्नेगरि खान दिएर ७ सय रुपैयाँ पारिश्रमिक दिने शर्तमा बाँकेबाट ल्याएको ९ जना मजदुरलाई भनेअनुसार पारिश्रमिक नदिएपछि अलपत्र परेका हुन् ।
दैनिक ८ घण्टा काम गर्ने र ७ सय रुपैयाँ पारिश्रमिक दिने गरि आपूmहरुलाई बोलाए पनि १२ घण्टा काम लगाएर पनि भनेजति पारिश्रमिक नदिएको उनीहरुको भनाई छ । कतिपय दिनको त ४ घण्टाको मात्र पारिश्रमिक दिएको मजदुरहरुको गुनासो छ । सहमति अनुसारको काम र ज्याला नपाएपछि आपूmहरु घर फर्किन बाध्य भएको नरबहादुर शाहीले बताए । निर्माण ब्यवसायिले आफ्नो मोबाइल समेत राखिदिएको शाहीले गुनासो गरे ।
मोबाइल भएको भए त्यही मोबाइल बेचर भए पनि बाटोखर्च गर्नुहुन्थ्यो, मोबाइल पनि दिएन उनले आँखाभरी आँसू पार्दै भने । शाहीले बाटोमा भोग लाग्दा खानको लागि भनेर पाइन्टको खल्तीमा एक मुठिजति केराउको दाना बोकेका थिए । उनले भने बाटोखर्च छैन हिड्दा भोक लाग्यो भने चनाको दाना र पानी खाएर भए पनि ज्यान बचाउन सकिन्छ भनेर काम गरेकै ठाउँबाट एक मुठि चना खल्तीमा लिएर आएको हुँ, मुठिमा चना देखाउँदै भने । निर्माण ब्यवसायि जयप्रकाश मल्लले ९ जनालाई बाटोखर्च स्वरुप ५ हजार रुपैयाँ दिएको त्यस मध्य २ हजार ५ सय रुपैयाँ खर्च भइसकेको अर्का मजदुर कर्ण राउतले बताए ।
हामीलाई बोलाउँदा जे भनेको थियो त्यसको ठीक उल्टो भयो हामी त यहाँ श्रमदान गर्न आएजस्तो भयो राउतले गुनासो गरे । हाइड्रोपावरबाट दुई दिन पैदल यात्रा गरेर सदरमुकाम मन्थली आइपुगेका मजदुरहरु बन्दा बन्दीको कारण अपलपत्र मात्र परेका छैनन् बेखर्ची समेत भएका छन् । अलपत्र परेका मजदुरहरु बाँके जिल्लाको बैजनाथ गाउँपालिकाका ४ जना र खजुरा गाउँपालिकाका ५ जना रहेका छन् । घर हिड्नु अघि स्वाव परीक्षणको लागि भन्दै प्रतिब्यक्ति २ हजार पाँच सय रुपैयाँको दरले पैसा कटाएको तर आपूmहरुलाई स्वाव रिपोर्ट समेत नदिई पठाएको मजदुरुले गुनासो गरेका छन् । हाइड्रोपावर निर्माण कम्पनीले लेबरको ज्याला भनेजति नदिनुका साथै हाइड्रोपावरमा नियमित काम गर्ने कर्मचारीको तलब भत्तामा समेत कटौती गरेको निर्माण ब्यवसायिले बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...