पारिश्रमिक नदिएपछि मजदुरहरु अलपत्र

Written by meropradesh creator

४ जेष्ठ २०७८, मंगलवार

सन्तोष ढुङ्गेल
रामेछाप– जिल्लाको उमाकुण्ड गाउँपालिकाको लिखु खोलामा निर्माणाधिन हाइड्रोपावरले सहमति अनुसारको पारिश्रमिक नदिएपछि मजदुरहरु अलपत्र परहेका छन् । दुगर ग्रुपले निर्माण गरिरहेको लिखु १ हाइड्रोपावरले दैनिक ८ घण्टा काम गर्नेगरि खान दिएर ७ सय रुपैयाँ पारिश्रमिक दिने शर्तमा बाँकेबाट ल्याएको ९ जना मजदुरलाई भनेअनुसार पारिश्रमिक नदिएपछि अलपत्र परेका हुन् ।
दैनिक ८ घण्टा काम गर्ने र ७ सय रुपैयाँ पारिश्रमिक दिने गरि आपूmहरुलाई बोलाए पनि १२ घण्टा काम लगाएर पनि भनेजति पारिश्रमिक नदिएको उनीहरुको भनाई छ । कतिपय दिनको त ४ घण्टाको मात्र पारिश्रमिक दिएको मजदुरहरुको गुनासो छ । सहमति अनुसारको काम र ज्याला नपाएपछि आपूmहरु घर फर्किन बाध्य भएको नरबहादुर शाहीले बताए । निर्माण ब्यवसायिले आफ्नो मोबाइल समेत राखिदिएको शाहीले गुनासो गरे ।
मोबाइल भएको भए त्यही मोबाइल बेचर भए पनि बाटोखर्च गर्नुहुन्थ्यो, मोबाइल पनि दिएन उनले आँखाभरी आँसू पार्दै भने । शाहीले बाटोमा भोग लाग्दा खानको लागि भनेर पाइन्टको खल्तीमा एक मुठिजति केराउको दाना बोकेका थिए । उनले भने बाटोखर्च छैन हिड्दा भोक लाग्यो भने चनाको दाना र पानी खाएर भए पनि ज्यान बचाउन सकिन्छ भनेर काम गरेकै ठाउँबाट एक मुठि चना खल्तीमा लिएर आएको हुँ, मुठिमा चना देखाउँदै भने । निर्माण ब्यवसायि जयप्रकाश मल्लले ९ जनालाई बाटोखर्च स्वरुप ५ हजार रुपैयाँ दिएको त्यस मध्य २ हजार ५ सय रुपैयाँ खर्च भइसकेको अर्का मजदुर कर्ण राउतले बताए ।
हामीलाई बोलाउँदा जे भनेको थियो त्यसको ठीक उल्टो भयो हामी त यहाँ श्रमदान गर्न आएजस्तो भयो राउतले गुनासो गरे । हाइड्रोपावरबाट दुई दिन पैदल यात्रा गरेर सदरमुकाम मन्थली आइपुगेका मजदुरहरु बन्दा बन्दीको कारण अपलपत्र मात्र परेका छैनन् बेखर्ची समेत भएका छन् । अलपत्र परेका मजदुरहरु बाँके जिल्लाको बैजनाथ गाउँपालिकाका ४ जना र खजुरा गाउँपालिकाका ५ जना रहेका छन् । घर हिड्नु अघि स्वाव परीक्षणको लागि भन्दै प्रतिब्यक्ति २ हजार पाँच सय रुपैयाँको दरले पैसा कटाएको तर आपूmहरुलाई स्वाव रिपोर्ट समेत नदिई पठाएको मजदुरुले गुनासो गरेका छन् । हाइड्रोपावर निर्माण कम्पनीले लेबरको ज्याला भनेजति नदिनुका साथै हाइड्रोपावरमा नियमित काम गर्ने कर्मचारीको तलब भत्तामा समेत कटौती गरेको निर्माण ब्यवसायिले बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...