पानी तान्ने मेसिन बिग्रीएपछि सदरमुकाममा पानीको समस्या

Written by meropradesh creator

२६ जेष्ठ २०७८, बुधबार

रामेछाप । सदरमुकाम मन्थलीमा तामाकोशी नदी छेउमा निमार्ण गरिएको इनारबाट बाधियाचउरमा निमार्ण गरिएको रिजर्भ ट्याङ्कीसम्म पानी फाल्ने मेसिन बिग्रीएपछि मन्थली वजारमा खानेपानीको समस्या उत्पन्न भएको छ ।
सदरमुकाम मन्थलीमा वैकल्पीक खानेपानीको मुहान नहुँदा हाल तामाकोशी नदी किनारमा दुईवटा ठूलाठूला गहिरो इनार निमार्ण गरि उक्त इनारको पानी विद्युतको माध्यमवाट लिफ्ट गरि रिजर्भ ट्याङ्कीमा जम्मा गरि वितरण गरिदै आएको छ । दुईवटा इनार मध्ये ठूलो इनारको पानी तान्ने मेसिन तीनदिन अघि बिग्रीएपछि समस्या भएको मन्थली खानेपानी उपभोक्ता समितिका अध्यक्ष पूर्णवहादुर सुवेदीले जानकारी दिए ।
उनले भने– ठूलो गहिरो इनारको पानी तान्ने मेसिनमा समस्या उत्पन्न भएपछि अहिले सानो मेसिनले पानी तान्ने काम भइरहेको छ । सानो मेसिनले पानी कम तान्ने भएकाले उपभोक्ताहरुलाई पानी वितरण गर्न कठिनाई भएको छ । विग्रीएको मेसिन बनाउन मेसिन लिएर उपभोक्ता समितिका पदाधिकारी काठमाण्डौं गएका छन् । सम्भवत वुधवार वेलुकासम्म मेसिन मर्मत भएर मन्थली आइपुग्ने अपेक्षा गरिएको छ । वुधवार वेलुकासम्म मेसिन मन्थली आइपुगेमा विहिवार मेसिन फिट गरेर पानी तान्ने र नियमित पानी वितरण गर्ने तयारीमा समिति लागि परेको अध्यक्ष सुवेदीले वताए ।


पानी तान्ने मेसिन विग्रीएपछि तीनदिन देखी मन्थली वजारमा प्रयाप्त मात्रामा पानी उपभोक्ताहरुको धारामा झर्न सकेको छैन् । अत्याधिक गर्मीका कारण वढी मात्रामा पानी प्रयोग हुने मौसममा पानी तान्ने मेसिन विग्रदा उपभोक्ता समस्यामा परेका छन् । खानेपानी उपभोक्ता समितिले अहिले एउटा सानो इनारवाट पानी तानेर तर्याकतुरुक (थोरै) भएता पनि उपभोक्ताको घरका धारामा पानी वितरण गरिएको खानेपानी उपभोक्ता समितिका व्यवस्थापक जगदीश सुवेदीले जानकारी दिए ।
पानी तान्ने मेसिन विग्रीएको समयमा मर्मत सम्भार हुने ठाउँमा जिल्लामा नहुँदा विग्रीएको मेसिन मर्मत गर्न राजधानी काठमाण्डौं कित विरगंज लगाएतका जिल्लाहरुमा पुग्नुपर्ने वाध्यता रहेकाले उपभोक्ता समितिलाई थप समस्या भएको मन्थली खानेपानी उपभोक्ता समितिका सचिव ढाकल थापाले जानकारी दिए ।
उनले भने– जिल्लाको धेरै ठाउँ सुख्खा भएकाले अहिले परम्परागत खानेपानीको मुहान सुकेका छन् । खानेपानी अभाव भएका ती वस्तीहरुमा अहिले लिफ्ट बाटै पानी तानेर प्रयोग गर्ने क्रम वढ्दो छ । त्यसैले धेरै लिफ्ट खानेपानी भएका कारण मेसिन विग्रने समस्या धेरै हुने भएकाले जिल्लामा नै मेसिन मर्मत गर्ने व्यवस्था भए सवै उपभोक्ताहरुलाई सहजता हुने सचिव थापाले बताए ।


हाल मन्थली खानेपानी उपभोक्ता समिति मार्फत ९ सय ४२ वटा धारा सदरमुकाम मन्थलीमा वितरण गरिएको छ । जसमध्ये ९ सय ४२ वटा व्यक्तिगत धारा, ३५ वटा सरकारी कार्यालयमा जडान गरिएको धारा, १४ वटा सहकारी संस्थाहरुमा जडान गरिएको धारा रहेको छ भने अतिरिक्त सार्वजनिक धारा एक रहेको खानेपानी उपभोक्ता समितिले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...