पाँचौं लिखु राष्ट्रपति रनिङशिल्डको उपाधी जनजीवन माविले उठायो

ओखलढुङ्गा । लिखु गाउँपालिकाको पाँचौं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उपाधी जनजीवन मावि वाच्पु, पोकलीले हात पारेको छ । शुक्रबार देखी शुरु भएको प्रतियोगितामा पालिका भित्रका आठ वटा बिद्यालयहरु सहभागी भएका थिए । आइतबार सम्पन्न प्रतियोगिताको उपाधी अन्य बिद्यालयलाई पछी पार्दै जनजिवन मावि वाच्पु, पोकलीले उठाउन सफल भएको हो । जनजीवन माविले १३ स्वर्ण, २ रजत, २ कास्यका साथ कूल १७ पदक जित्दै प्रथम भएको हो । जनजीवनले प्रथम हुदै रनिङशिल्ड सहित नगद रु ३० हजार प्राप्त गरेको छ ।
त्यस्तै यसम मावि यसमले १० स्वर्ण, २ रजत, २ कास्य सहित कूल १७ पदकका साथ दोश्रो भएको छ । दोश्रो भएको यसमले नगद रु २० हजारका साथमा शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी ५ स्वर्ण, २४ रजत, २ कास्य सहित कूल ३१ पदकका साथ ग्रामोदय युगकवि सिद्धिचरण मावि गाम्नाङटार तेश्रो बनेको छ । तेश्रो बनेको ग्रायुसिले नगद रु १५ हजारका साथमा शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै जाल्पा मावि टारकेराबारीले ३ स्वर्ण, ४ रजत, ९ कास्यका साथ कूल १६ पदकका साथ चौथो बनेको छ । लेति मावि लेति पोकलीले पनि २ स्वर्ण, २ रजत सहित कूल ४ पदक, ज्ञानज्योति मावि कुवापानीले १ स्वर्ण तथा चिउरीडाँडा मावि चिउरीडाँडाले ३ कास्य प्राप्त गरेका छन् ।

गत बर्ष गाउँपालिकाले सञ्चालन गरेको चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ढिला हुँदा जिल्ला तथा प्रदेशमा सञ्चालन भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विद्यार्थी खेलाडी सहभागी गराउन नसकेको भन्दै चर्को आलोचनाको शिकार भएको गाउँपालिकाले यसपटक समयमा नै प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगिता समयमा नै सञ्चालन गरेपछि औपचारिकता निभाउनका लागि मात्र भन्दा पनि खेलाडीको क्षमता विकास र अवसरमा समेत सहभागिता हुने अवसर प्रदान गराउन निर्णायकहरुले पालिकालाई अनुरोध गरेका थिए ।

प्रतियोगिता सम्पन्न भएसँगै आगामी दिनमा गाउँपालिकाले पालिका क्षेत्र भित्र रहेका खेलाडीहरुको विकासका लागि थप लगानी गर्ने गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्कीले बताए । विगतका दिनमा के भए भन्दा पनि आगामी दिनमा कसरी खेलाडीहरुको उत्पादन र विकास गर्न सकिन्छ भन्ने बारेमा योजना बनाएर लिखु गाउँपालिका अगाडी बढ्ने गाउँपालिका अध्यक्ष कार्कीले प्रतिबद्धता जनाए ।

उता गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापाले पनि खेलाडीको विकासका लागि गाउँपालिकाले लगानी गर्न कसर बाँकी नराख्ने बताईन् । पुरुष खेलाडीहरुसँगै महिला खेलाडीहरुको विकासका लागि पालिकाले आगामी दिनमा योजना बनाएर नै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेकी थिईन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु रामेछाप २६ भाद्र । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडि नजिकै भित्री सडकमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४९१३ नम्बरको टाटाको योद्धा...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...