काठमाण्डौं । गाउँपालिका अध्यक्षमा पराजित भएका सतिशकुमार सिंह मधेश प्रदेशको मुख्यमन्त्री बनेका छन् । २०७४ सालको को स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी २०७९ मा पनि दोहोरिन चाहन्थे । तर, निर्वाचनमा उनी पराजित भए । स्थानिय तहको निर्वाचनमा पराजित भएका सिंह जनमत सीके राउत नेतृत्वको जनमत पार्टीतिर लागे । जनमत पार्टि बाट ४ मंसिरमा भएको आम चुनावमा सप्तरी २ (क) बाट चुनाव लडेर र मधेश प्रदेशसभा सदस्य बने ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव नेकपा एसका अध्यक्ष माधव नेपालसँग मिलेर सत्ता गठबन्धन हेरफेरमा लागेको सुइँको पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहयोगमा जसपा विभाजन भयो । सोही विभाजनले मधेशमा जनमत नेतृत्वको सरकार बन्ने स्थिति बनेको हो । नयाँ सत्ता समीकरणमा जनमतलाई नेतृत्व दिने सहमति हुँदा संसदीय दलको नेता थिए, महेशप्रसाद यादव । तर, सिंहले अध्यक्ष राउतको मन जितिसकेका थिए । त्यसैले दलका नेता यादवलाई पन्छाएर मुख्यमन्त्री बनेका छन् ।