पैकारा माथि लगाएको आरोपमा सत्यतता छैन्– लक्ष्मी

Written by meropradesh creator

६ फाल्गुन २०७८, शुक्रबार

रामेछाप । केहीदिन अघि उमाकुण्ड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र पैकाराले एक स्वास्थ्यकर्मी माथि जर्वजस्ती गरेको भन्ने आरोपमा सत्यता नभएको सो पालिकामा कार्यरत स्वास्थ्य सहायक लक्ष्मी शिवाकोटीले बताएकी छिन् ।

अधिकृत पैकाराले एक स्वास्थ्यकर्मी युवतीलाई जर्वजस्ती गरेको र उनले कार्यालयमा सरुवाको लागि सहमती पत्र माग गर्दा समेत नदिएको बिषयको समाचार सार्वजनिक भएपछि उमाकुण्ड गाउँपालिमा कार्यरत स्वास्थ्य सहायक शिबाकोटीले महिला स्वास्थ्यकर्मीले अधिकृत पैकारा माथि लगाएको आरोप सबै झुट्टा भएको यसमा कुनै पनि सत्यता नभएको बताएकी छिन् ।

उनले भनिन्– गाउँपालिका कार्यालयको स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र पैकारा सँग आफुले विगत दुईवर्ष देखी सँगै एउटै कोठामा बसेर काम गरेको छु । कार्यालयमा काम गर्दै जाँदा काम नजान्दा उहाँले हामीलाई सहजीकरण गरिदिनु हुन्थ्यो । महिला कर्मचारीलाई उहाँले सधै आफ्नै परिवारका सदस्य झैं व्यवहार गर्नुहुन्थ्यो । खै म पनि एक महिला कर्मचारी हुँ । सँधै कार्यालयको समयमा एउटै कोठामा बसेर काम गर्यौ । यदी उहाँको नियत खराब भएको भए त मलाई पनि त्यही अनुसारको प्रस्ताव राख्नु हुन्थ्यो होला नि त ? तर उहाँले कहिल्यै त्यस्तो कुनै व्यवहार देखाउनु भएन । अहिले जसले उहाँलाई आरोप लगाएको छ, त्यो आरोप लगाएको देख्दा आफै अचम्ममा परेको छु ।

स्वास्थ्यकर्मी सम्पर्कमा आए सहमती दिन्छु अध्यक्ष– सुनुवार
बिगत तीन महिना देखी उमाकुण्ड गाउँपालिकामा हाजिर नभएकी स्वास्थ्यकर्मी सिता राई (नाम परिर्वतित) कार्यालयमा हाजिर हुन आएमा वा टेलिफोन मार्फत सम्पर्कमा आए पनि उनलाई सरुवाको सहमती दिने गाउँपालिकाका अध्यक्ष शेरवहादुर सुनुवारले जानकारी दिए ।

उनले भने– कर्मचारी आफु खुशी कार्यालय छाडेर हिड्छन । कार्यालयका कर्मचारीहरु बिचको हानाथापले समग्र सिङ्गो गाउँपालिकाको नाम मुछिदा आफुलाई दुःख लागेको छ । यदी कर्मचारी दुईजना विच केही भएको भए मलाई भनेको भए हुने थियो । त्यसको निकास म निकाल्थे । तर मलाई अहिलेसम्म महिला स्वास्थ्यकर्मीले कुनै पनि जानकारी नगराएको र सरुवाको लागि सहमती नपाएको बिषयमा समेत भनेको छैन । यदी उनलाई सरुवाको सहमती नै चाहिएको हो भने मलाई टेलिफोन सम्र्पक गरे पनि म सहमती पत्र पठाइदिन्छु । तर पालिकामा केही नभन्ने जथाभावी बोल्दै हिडेर त भएन नी ? अध्यक्ष सुनुवारले बताए ।

मेरो चरित्र हत्या भयो– अधिकृत पैकारा
उमाकुण्ड गाउँपालिकामा कार्यरत महिला स्वाथ्यकर्मीसँग आफुले जर्वजस्ती गर्दै नगरेको बिषयलाई लिएर मेरो चरित्र हत्या गर्न विभिन्न मिडियामा समाचार निकालेर आफुलाई बदनाम गराएकोमा धेरै दुःख लागेको अधिकृत दिपेन्द्र पैकाराले जानकारी दिए ।

उनले भने– महिला स्वास्थ्यकर्मीले मलाई हदैसम्मको अपमान र चरित्र हत्या गर्ने काम गर्नुभयो । यदी म गलत नै थिए भने कार्यालयमा अन्य महिला स्वास्थ्यकर्मीहरु पनि कार्यरत हुनुहुन्थ्यो । म विगत ५ वर्षदेखी पालिकामा नै कार्यरत छु, यसअघि यस्तो बदनाम कहिल्यै भएको थिएन । तिहार बिदामा घर जानु भएको स्वास्थ्यकर्मी अहिलेसम्म कार्यालयमा हाजिर हुनु भएको छैन । उहाँले टेलिफोन मार्फत सहमती पत्र दिनुस् भन्नु भएको हो । मैले कार्यालयमा हाजिर नभएसम्म दिन मिल्दैन भनेको हुँ । सहमती पत्र नदिएकै बिषयलाई लिएर मेरो चरित्र माथी जुन बदनाम लगाइएको छ, यो सही नसक्नु छ अधिकृत पैकाराले बताए ।

यसअघि सो पालिकाको स्वास्थ्य शाखा प्रमुखको रुपमा कार्यरत हुँदा पालिकामा प्रमुख प्रशासकिय अधिकृत रिक्त भएपछि मलाई निमित्तको जिम्मेवारी दिएको हो । मैले निमित्त अधिकृत खानु नै मेरो लागि जीवनको सबैभन्दा ठूलो भुल गरेछु भन्ने लागेको छ । पहिला आफु स्वास्थ्य शाखाको प्रमुखको जिम्मेवारीमा बसेर काम गरेको र आगामी दिनमा पनि स्वास्थ्य शाखामै रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता समेत उनले जनाएका छन् ।

स्वास्थ्यकर्मीले फोन नै उठाइनन् 
उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी सिता राई (नाम परिवर्तीत) ले यसअघि विभिन्न संचारमाध्यममा टेलिफोन गर्दै आफुले पालिकावाट सरुवाको लागि सहमती पत्र नपाएको जानकारी गराउँदै आएकी थिइन ।

पालिकाले सहमती नदिएको र निमित्त प्रशासकिय अधिकृतले आफुलाई जर्वजस्ती गरेको बिषयलाई लिएर समाचार प्रकाशन भएपछि पालिकाका प्रमुखले सहमती पत्र दिने जानकारी गराउँदा पनि उनी सम्र्पकमा आकी छन् वा छैनन् सो बिषयमा उनीसँग जानकारी लिन संचारकर्मीहरुले गरेको टेलिफोन उनले उठाइनन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा सोमबार बिहान खेतबारीमा आएको बाँदर धपाउने क्रममा लडेर स्थानीय किसान ठेटबहादुर ढुङ्गेल गम्भीर घाइते हुनुभएको छ। उहाँलाई मन्थली अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ। चिसापानी र...