ओलीको कदम विरुद्ध १७ बुदे बुँदे प्रस्ताव पारित

Written by meropradesh creator

५ चैत्र २०७७, बिहीबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा वली बिरुद्ध १७ बुदे प्रस्ताव पारित गरेको छ । नेपाल–खनाल समुहको राष्ट्रिय कार्यकर्ता भेलामा फागुन २८ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गुटका सीमिति व्यक्ति बोलाएर सरकारी निवासमा गरेको निर्णयको चर्को बिरोध गरेको छ । पदाधिकारीको जिम्मेवारी हेरफेर र नेकपा एमालेको सदस्यता समेत नलिएका व्यक्तिलाई केन्द्रीय सदस्य बनाएको भन्दै अध्यक्ष वलीको बिरोध गरेको छ ।
पार्टी विधान, पद्धति र नेकपा एमालेको सिद्धान्त, नीति र अभ्यास विपरीत अध्यक्ष वलीले पार्टी चलाएको भन्दै ओलीको तर्फबाट भएका कथित निर्णय र कामहरुलाई भेलाले अस्वीकार गरेको निर्णय गरेको छ ।
साथै ओलीले गरेका निर्णय खारेज गर्दै पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाउन समेत माग गरेको छ । स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक तत्काल बोलाएर विधि र पद्धति सम्मत छलफल गर्न भेलाले माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी खारेज गरिनुलाई भेलाले संविधान प्रदत्त राजनीतिक दलको एकीकृत हुन पाउने अधिकारमाथि प्रहार भएको टिप्पणी पनि भेलाले गरेको छ । त्यसता आदेशले मुलुकमा दीर्घकालीन कुप्रभाव पर्ने भन्र्दै कम्युनिस्ट आन्दोलनलाई षड्यन्त्रपूर्वक छिन्न भिन्न पार्ने काम भएको भन्दै त्यसको बिरोध गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...